
काठमाडौँ- आज (यमपञ्चक) तिहारको दोस्रो दिन अर्थात् कुकुर तिहार मनाइँदैछ। नेपाली घर आँगनमा कुकुरलाई टीका र माला लगाइदिएर मीठा परिकार खुवाइ पूजा गर्ने परम्परा छ।
कुकुरलाई घरपालुवा आज्ञाकारी, घरको रक्षक र गुनिलो जनावरका रूपमा लिने गरिन्छ।
धार्मिक र सांस्कृतिक विश्वास अनुसार, कुकुरले सुँघेर अपराधी पत्ता लगाउने, भैरवको बहान बन्ने र विनाशकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्तिको पूर्वसूचना दिने काम गर्ने विश्वास छ।
यसैबीच, नेपाली सेनाले पनि कुकुरको पूजा सम्पन्न गरेको छ। नेपाली सेनाको भैरव वहान गुल्म, भक्तपुरमा सैनिक कुकुरहरूको पूजा तथा डगकला प्रदर्शन गरी कुकुर तिहार मनाइएको थियो।
तस्बिरहरू: