
काठमाडौँ- कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको काम अहिले धमाधम भइरहेको छ ।
आगामी मंसिरमा हुने एनपीएल भन्दा अघि नै रंगशाला निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ ।
रंगशालामा प्यारापिट निर्माणको भौतिक प्रगति ९५ प्रतिशत रहेको छ भने फ्लडलाइटको ६ वटै पोल उठाइसकिएको छ ।
रंगशालामा ४५ मिटर तथा ६० मिटर अग्ला ६ वटा ३०-३० टनका हाइमास्ट लाइट जडान भइरहेको छ ।

तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी।