तिहारमा विद्युत माग घट्नेः नियमित आपूर्तिका लागि प्राधिकरण तयार

तिहारमा विद्युत माग घट्नेः नियमित आपूर्तिका लागि प्राधिकरण तयार
+
-
देशसञ्चार AI सारांश
  • तिहारको समयमा विशेषगरी औद्योगिक क्षेत्रहरू बन्द हुने भएकाले विद्युत माग घट्ने नेपाल विद्युत प्राधिकरणले अनुमान गरेको छ ।
  • तिहारमा विद्युत आपूर्ति कुनै समस्या नरहने बताउँदै, नेपाल विद्युत प्राधिकरणले आवश्यक पूर्वतयारी अगाडि बढाएको छ ।
  • पछिल्लो तीन/चार वर्षमा तिहारमा औद्योगिक क्षेत्रले विद्युत खपत नगर्ने भएकाले घरेलु खपत मात्र बढ्ने अवस्था छ ।

काठमाडौँ- यस वर्षको तिहारमा विद्युतको माग घट्ने भएको छ ।

तिहारका बेला खासगरी औद्योगिक क्षेत्रहरू बन्द हुने भएकाले विद्युत माग घट्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालकाअनुसार पछिल्ला केही वर्ष यता तिहारका समयमा विद्युत् खपतमा घट्ने प्रवृत्ति देखिएको छ ।

उनका अनुसार पहिलेका वर्षहरूमा तिहारका बेला घरायसी प्रयोग बढ्ने भएकाले विद्युत खपत पनि बढ्थ्यो । तर अहिले उद्योग, होटल, रेस्टुरेण्ट र अन्य व्यावसायिक क्षेत्रहरू पर्वका बेला बन्द हुने भएकाले समग्र माग घट्ने अनुमान प्राधिकरणको छ ।

विद्युत मागअनुसार पर्याप्त उपलब्ध गराउने अवस्था रहेको सिलवालले बताए। उनका अनुसार पहिलेको जस्तो विद्युत प्रणाली कमजोर छैन । त्यसैले, तिहारका समयमा कुनै किसिमको अभाव नहुने विश्वास प्राधिकरणले लिएको छ ।

कार्यकारी निर्देशक सिलवालले भने, ‘अरू दिनको भन्दा तपाईंलाई अचम्म लाग्ला । पहिले तिहारमा बढ्थ्यो, अहिले तिहारमा डिमाण्ड घट्छ । यसको कारण तिहारमा इण्डस्ट्रीहरू बन्द हुन्छन् । होटेल र रेस्टुरेन्टहरू पनि चलपल हुँदैन । त्यसैले तिहारमा सामान्यतया माग घट्छ । पहिला इन्डस्ट्रीको कन्जम्सन अलि कम थियो, डोमेस्टिक कन्जम्सन बढी थियो । तिहारमा मान्छेले डोमेस्टिकमा त बढाउने, इण्डस्ट्री नहुने। त्यसले गर्दा खपत बढी देखिन्थ्यो, पहिला । तीन/चार वर्षयताको अवस्था हेर्ने हो भने, तिहारको बेलामा चाहिँ इन्डस्ट्री नचल्ने हुनाले खपत कम हुन्छ ।’

सिलवालकाअनुसार तिहार र छठजस्ता ठूला पर्वलाई लक्षित गर्दै नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्तिका सबै तयारी अगाडि बढाइसकेको  छ ।

नियमित विद्युत आपूर्तिका लागि कर्मचारीहरू पूर्ण रूपमा खटिनेछ । प्राधिकरणले यस्ता पर्वका समयमा आपूर्ति स्थिर राख्न वितरण लाइन, सबस्टेशन र मर्मत कार्यहरूमा आवश्यक पूर्वतयारी अघि बढाइसकेको उनको भनाइ रहेको छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष