भागेको खबरका माझ काठमाडौँमै सार्वजनिक भएका पूर्व ऊर्जामन्त्री खड्काले भने, ‘किन भाग्नु?’

भागेको खबरका माझ काठमाडौँमै सार्वजनिक भएका पूर्व ऊर्जामन्त्री खड्काले भने, ‘किन भाग्नु?’
+
-
देशसञ्चार AI सारांश
  • दीपक खड्काले आफू र आफ्नो पार्टीको कोही पनि व्यक्ति नभाग्ने स्पष्ट पार्दै मिडियालाई दया लागेको टिप्पणी गरे।
  • पूर्वमन्त्री खड्काले भ्रष्टाचारविरुद्ध अभियान चलाउने दाबी गर्दै कानुनी राज्यको ज्ञान भएको गृहमन्त्रीको प्रश्न उठाए।
  • खड्काले आफ्नो व्यवसायबाट खान पुग्ने भएपछि मात्र राजनीतिमा लागेको र भाग्न कारण नभएको बताए।

काठमाडौं– पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आफू वा आफ्नो पार्टीका कोही पनि व्यक्ति नभाग्ने स्पष्ट पारेका छन्।

केही सञ्चार माध्यमहरूमा उनी भागेको भन्ने समाचारहरू प्रकाशन भएपछि उनले काठमाडौंस्थित आफ्नै निवासमा सार्वजनिक अभिव्यक्ति दिँदै यस्तो बताएका हुन्।

‘मलाई के थाहा छ भने म मात्रै होइन, मेरो पार्टीका मान्छे कोही भाग्दैन, सरकारमा बसेका मान्छे पनि कोही भाग्दैनन्, भाग्नुपर्ने कुनै कारण छैन,’ उनले भने, ‘मैले त भने, आन्दोलनका विषयमा तत्कालीन सरकारले छानबिनका लागि निर्णय नै गरिसकेको छ, अब भाग्नु के लाई पर्‍यो? किन पर्‍यो?’

उनले आफ्नो विषयमा लेखिएका समाचारहरूलाई लिएर मिडियाप्रति दया लागेको टिप्पणी गरे। साथै, उनले गृहमन्त्रीले कानुनको विषयमा राम्रै ज्ञान राख्ने भन्दै उनले (गृहमन्त्री) ले सो कुरा भने कि भनेनन् भनी प्रश्न पनि गरे।

‘त्यो अंगले मेरा विषयमा जुन समाचार सम्प्रेषण गर्‍यो, मलाई असाध्यै दया लाग्छ, मुलुकलाई कहाँ लगिरहेका छौँ? सत्तामा बस्ने सत्ताहीन मान्छेहरूले,’ उनले भने, ‘हुन त मेरो नाम कोड गरेको देख्दिन, पूर्व ऊर्जामन्त्री भनेर मैले पेपरमै हेरेको, त्यो पनि उहाँले (गृहमन्त्रीले) भन्नुभयो कि भन्नुभएन त्यो पनि मलाई थाहा भएन। उहाँ कानुनको विद्यार्थी हुनुहुन्छ अरे भन्ने सुनेको छु, कानुनी राज्यको विषयमा गृहमन्त्रीज्यूले राम्रै जान्नुहुन्छ।’

पूर्व मन्त्री खड्काले आफू भाग्नुपर्ने कुनै कारण नभएको भन्दै आफूलाई व्यवसायबाट खान लाउन पुग्ने भएपछि मात्रै राजनीतिमा लागेको बताए। उनले आफू भ्रष्टाचारविरुद्ध अभियान लिएर जाने व्यक्ति भएको दाबी पनि गरे।

‘म के कारणले भाग्नुपर्‍यो? मैले गरेका निर्णयहरू, म पदमा हुँदा वा पदमा नहुँदा मैले गरेका व्यापार व्यवहारहरू,’ उनले भने, ‘मैले राजनीति सुरु गरेकै आयआर्जन चाहिन्छ भनेर व्यवसाय गरेर, व्यवसायले अब मलाई खान लाउन पुग्छ भनेर म सुरु गरेको मान्छे हो। सायद भ्रष्टाचारका विरुद्ध सबैभन्दा बढी अभियान नै लिएर जाने मान्छे हो म, तपाईंहरूले हेर्नुभएको छ भने।’

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष