पाकिस्तानी दूतावासद्वारा इलामका बाढी पीडितलाई राहत वितरण

पाकिस्तानी दूतावासद्वारा इलामका बाढी पीडितलाई राहत वितरण
+
-

काठमाडौँ – नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपाल-पाकिस्तान युवा परिषदसँगको सहकार्यमा इलामको माङ्सेबुङ र फाकफोकथुम गाउँपालिकाका बाढीपहिरो प्रभावित परिवारहरूलाई राहत सामग्री वितरण गरेको छ।

पाकिस्तानका राजदूत अबरार एच हाश्मी, प्रथम सचिव मुहम्मद हारुन रसिद र नेपाल-पाकिस्तान युवा परिषदका संयोजक रिचोमणि लुइँटेलसहितको टोलीले माङ्सेबुङ गाउँपालिका, गजुरमुखीधाममा प्रभावित परिवारलाई भेटेर राहत सामग्री हस्तान्तरण गरेका हुन्।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, जिल्ला प्रहरी प्रमुख एसपी एक नारायण कोइराला, माङ्सेबुङ गाउँपालिकाका अध्यक्षलगायत स्थानीयवासीको उपस्थिति थियो।

राजदूत हाश्मीले पाकिस्तानका जनताबाट पठाइएको माया र समर्थनको प्रतीकका रूपमा राहत सामग्री हस्तान्तरण गरे।

राजदूत हाश्मीले इलाम जिल्लामा बाढीबाट प्रभावित भएका योग्य विद्यार्थीहरूका लागि पाकिस्तान-नेपाल छात्रवृत्ति कार्यक्रमअन्तर्गत चार वटा  एमबीबीएस, बीडीएस र बी. फार्मेसी कार्यक्रमका छात्रवृत्ति र नेपाल-पाकिस्तान युथ काउन्सिलमार्फत उच्च माध्यमिक शिक्षा कोर्सका लागि ५० छात्रवृत्तिहरू प्रदान गर्ने घोषणा गरे।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष