
काठमाडौँ – कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लक्ष्मी पूजाको दिन चार वटा हाइमास्ट पोलबाट फ्लडलाइट बालिएको छ।
दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल)लाई लक्षित गरी हाल किक्रेट मैदानको स्तरोन्नतीको काम भइरहेको छ। एनपीएलको दोस्रो सिजन फ्लडलाइटमा गर्ने नेपाल क्रिकेट संघ (क्यान)को लक्ष्य छ।
हाल फ्लडलाइटका ६ वटै हाइमास्ट पोल ठड्याइएको छ। तर, त्यसमा लाइट जडान गर्ने काम भने बाँकी नै छ। सोमबार साँझ लक्ष्मी पूजाको अवसरमा लाइट जडान गरिएका ४ वटा पोलबाट लाइट बालिएको हो।
तस्बिरः नेपाल फोटो लाइब्रेरी।