आन्तरिक राजश्व कार्यालय भद्रपुरमा तीन महिनामा ७५ करोड सङ्कलन

आन्तरिक राजश्व कार्यालय भद्रपुरमा तीन महिनामा ७५ करोड सङ्कलन
+
-
देशसञ्चार AI सारांश
  • आन्तरिक राजश्व कार्यालय भद्रपुरले पहिलो त्रैमासिकमा वार्षिक लक्ष्यको १६.९० प्रतिशत, ७५ करोड २७ लाख ४४ हजार रुपैयाँ सङ्कलन गर्‍यो।
  • चालु आवमा आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कबाट क्रमशः २७ करोड, ३१ करोड र १८ करोड संकलन भयो।
  • प्रमुख कर अधिकृतले उत्पन्न अवस्थाप्रति सचेत रहँदै करदातालाई दबाब नदिन बजार अनुगमन र कर शिक्षा दिइने बताए।

झापा- आन्तरिक रावश्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२ /०८३ को पहिलो तीन महिनामा रु ७५ करोड २७ लाख ४४ हजार राजश्व सङ्कलन गरेको छ ।

सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको १६ दशमलव ९० प्रतिशत हो ।

अन्तरिक राजश्व कार्यालयको चालु आवमा ४ अर्व ४५ करोड ५० लाख राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको प्रमुख कर अधिकृत गोपालबहादुर थापाले जानकारी दिए ।

उनले भने, “चालु आवको पहिलो त्रैमासिकमा ८७ करोड १० लाख २८ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा लक्ष्यको ८६ दशमलव ४२ प्रतिशत राजश्व सङ्कलन भयो ।”

आन्तरिक राजश्व कार्यालय भद्रपुरले चालु आवको तीन महिनामा आयकरबाट २७ करोड २६ लाख ७५ हजार, मुल्य अभिबृद्धि करबाफत ३१ करोड नौ लाख २४ हजार अन्तःशुल्क बाफत १८ करोड ६९ लाख ५२ हजार रुपायाँ राजश्व सङ्कलन गरेको छ ।

गत आव २०८१/०८२ को पहिलो त्रैमासिकमा ६९ करोड २८ लाख ५७ हजार रुपयाँ राजश्व सङ्कलन भएको प्रमुख कर अधिकृत थापाले जानकारी दिए ।

कार्यालयले राजश्व सङकलनको लक्ष्य हासिल गर्न अहिलेको उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै करदातालाई अत्याधिक दबाब नहुने गरी निरन्तर बजार अनुगमन र निगरानी गर्नुका साथै लाभग्रही केन्द्रीत व्यावाहारिक कर शिक्षा प्रदान गरिने प्रमुख कर अधिकृत थापाले बताए ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष