
- पुष्पा जोशीले लामो समयदेखि बिछोडिएका दाजु विपिनको फिर्तीको आशामा घरभरि फूल रोपेर प्रतिक्षा गरिन्।
- हमासले बन्धक बनाएको दाजुको मृत्यु भएको खबरपछि पुष्पा र उनकी आमाले भावनात्मक रूपमा संकट सामना गरे।
- विपिनको पार्थिव शरीर राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो, इजरायली राजदूत र स्थानीय सहभागी भए।
धनगढी- कञ्चनपुरको भीमदत्त नगरपालिका–३ विचपुरी माल्लिकार्जुन टोलमा विपिनको एकतले पक्की घर छ । दुई बर्षसम्म दाईको घाँटीमा माला लगाउन नपाएकी वहिनी पुष्पा जोशीले यसपटक दाई आउने विश्वास गरेकी थिइन् ।
हमासको नियन्त्रणमा रहेका दाइ घरआउँदा आफ्नै हातले उनेको माला लगाउने ठूलो रहर पुष्पाको थियो । त्यसका लागि असार साउनमै घरभरी फूल रोपेकि थिइन् पुष्पाले ।
दाजुको खोजी गरिदिन र हमास समूहमाथि दवाव बढाउन पुस्पा आमासंगै साउन २७ गते इजरायल पुगिन् । त्यहाँबाट फर्केर पुनः उनि अमेरिकासम्म पुगिन् । पुस्पा र उनकी आमा अमेरिकामै हुँदा इजरायरल र हमास समुहवीच युद्धविराम भएको थियो ।
‘युद्धविरामपछि दाजु फर्कनेमा हामी ढुक्क थियौं,’ गहभरी आँशु पोख्दै पुष्पाले भनिन्, ‘दाजुलाई देख्न पाइने खुशी अघिल्लो दिन राति निन्द्रनै परेन, तर दोश्रो दिन बिहानै अप्रत्यासित खबर सुन्नु पर्यो, हामीलाई सम्हालिनै गारो भो, आमा वेहोस नै हुनुभयो, आफै सम्हालिन नसक्ने अवस्थामा रहेकी म, जसो तसो मन थामेर आमालाई सम्हाल्दै भारी मन बनाएर नेपाल फर्कन बाध्य भयौं ।’
पुष्पा र उनकी आमा पद्मा जोशी असोज ३० गते मात्रै अमेरिकाबाट नेपाल फर्कका थिए। घर पुग्दा आफ्नै घर अध्यारो जस्तो लागेको उनले सुनाइन् । ‘घर वरीपरी रोकेको मखमली फूलले सोभानै बढाएको थियो, आफ्नो घर भन्दा प्यारो अरु ठाउँ लाग्दैनथ्यो, दाजुको वियोगमा हराएकि पुष्पाले भनिन्, ‘तर किन किन आफु घरमा पुग्दा त्यही घर विरानो लाग्यो, मनमा खिन्नता छायो ।’
तिहारको मुखमा सवैका दाजु बहिनी घरमा जम्मा हुने क्रम बढेपछि आफूलाई सम्हाल्नै मुस्किल भइरहेको पुष्पा बताउँछिन् । ‘घरमा लगाएका मखमली फूलले मलाईनै जिस्काए जस्तो लाग्यो, पुष्पाले भनिन्, ‘ती फूलमा दाजुको अनुहार देख्न थाले, अनि घर वरिपरी लगाएका फूल उखेलेर फाले ।’
स्थानीयको अनुसार पुष्पा लक्ष्मीपूजाका दिन दाइको शव घरमा पुगेपछि उनी अचेत भएकी थिइन् । घरी–घरी वेहोस हुने पुष्पालाई सम्हाल्नै गारो भएको स्थानीय सुनिता रोकायाले बताइन् ।
‘घर वरी परी लगाएका सवै फूल उखेलेर फालिन्, हामीले सम्झाएको कुरा पुष्पाले सुने जस्तो लाग्दैनथ्यो, परिवारका अन्य सदस्यको अवस्था पनि उस्तै थियो, यो पल हामी सवैका लागि पनि सहन सक्ने खालको थिएन, तिहारको मुखमा हाम्रै अगाडी हुर्केको खेलेको छोराको शव देख्दा गाउदै शोकाकुल छ ।’
बुधबार विपिन जोशीको राष्ट्रिय सम्मानका साथ महाकाली नदीमा अन्त्यष्टि गरिएको छ । उनको पार्थिब शरिरमा राष्ट्रिय झण्डा ओढाएर सशस्त्र प्रहरीबल नेपालले सलामी दिंदै सम्मान दिएको हो । विपिनको अन्त्यस्टिमा नेपालका लागि इजरायली राजदूतको पनि सहभागिता रहेको थियो ।
अर्न एण्ड लर्न कार्यक्रमका दौरान विपिन जोशी सेप्टेम्बरमा २०२३ मा इजरायल गएका थिए । इजरायल पुगेको एक महिनामै २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमण गर्दा विपिन जोशी पनि बन्धक बनाइएका थिए ।
हमासले असोज २७ गते जीवित २० बन्धकहरू इजरायलललाई हस्तान्तरण गरेको थियो । हमासको नियन्त्रणमा ४८ बन्धक भएको ठानिएको थियो । तीमध्ये जीवित २० र मृत २६ जनाको सूची इजरायललाई उपलब्ध गराएको थियो ।
तर विपिन जोशी र अर्का एक इजरायलीको नाम दुइटै सूचीमा थिएन । त्यसपछि इजरेली सेनाले इजरेलस्थित नेपाली राजदूत र जोशीका आफन्तलाई ‘उनी जीवित रहेको कुनै प्रमाण फेला नपरेको र शव पनि नभेटिएको’ जानकारी दिएको थियो ।
असोज २८ गते भने इजरायली सेनाले विपिन जिवित नरहेको जनाएको थियो । सोही दिन राति हमास समूहले रेडक्रम मार्फत विपिनको शव इजरायललाई हस्तान्तरण गरेको हो ।
मंगलबार मात्रै नेपाल ल्याइएको विपिनको शवमा अन्तरिम सरकारका प्रधानमन्त्री शुशीला कार्की लगायत मन्त्रीले माल्यार्पण गरेर त्रिभुवन पिमानस्थलमै श्रद्धा१जली अर्पण गरेका थिए ।
त्रिभुवन मिानस्थलबाट नेपाली सेनाको स्काई ट्रक मार्फत मंगलबार नै धनगढी ल्याएइएको वश मंगलबार राति नै विपिनको घरमा पुर्याइएको थियो ।