बालुवाटारमा जारी छ प्रधानमन्त्री र दलहरूबीचको संवाद

बालुवाटारमा जारी छ प्रधानमन्त्री र दलहरूबीचको संवाद
+
-

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्की र राजनीतिक दलहरूबीचको छलफल बालुवाटारमा जारी छ।

प्रधानमन्त्री कार्कीको आह्वानमा बसेको बैठकमा राजनीतिक दलका प्रतिनिधिहरूले आ–आफ्नो कुरा राखिरहेका छन्। बैठक दुई घण्टादेखि चलिरहेको छ।

सञ्चारमन्त्री जगदीश खरेलका अनुसार बैठक अझै केही समय चल्ने छ। बैठकमा पालैपालो बोल्ने क्रम चलिरहेको छ।

सबैले निर्वाचनमै केन्द्रित भएर धारणा राखिरहेका छन्। मन्त्री खरेलका अनुसार निर्वाचनमा जाने कुरामा सबैको सहमति देखिएको छ। सरकारले सुरक्षाको वातावरण बनाउनपर्ने दलहरूको भनाइ छ। एमालेले सरकारले चुनाव गराउन सक्दैन कि भन्ने आशंका व्यक्त गरे पनि चुनावको विरोध गरेको छैन।

बैठकको सुरुमा सरकारका तर्फबाट सञ्चारमन्त्री खरेलले सरकार र दलहरूबीचको छलफल राख्नुको आवश्यकताबारे प्रकाश पारेका थिए।

बैठकमा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशशरण महत सहभागी छन् भने एमालेबाट महासचिव  शंकर पोखरेल र प्रवक्ता प्रदीपकुमार ज्ञवाली छन्।

त्यस्तै माओवादीबाट नेताहरू वर्षमान पुन र पम्फा भुसाल तथा रास्वपाबाट उपाध्यक्ष स्वर्णिम वाग्ले र नेतृ सोविता गौतम सहभागी छन्।

एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला तथा राप्रपाबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ सहभागी छन्।

त्यस्तै, जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव र  प्रकाश अधिकारी, तराई मधेस लोकतान्त्रिक पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्तिबाट रेशम चौधरी तथा नेमकिपाबाट प्रेम सुवाल सहभागी छन्। पर्यवेक्षकद्वयका रूपमा केदारभक्त माथेमा र विद्याधर मल्लिक पनि सहभागी छन्।

संवादमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल,  कृषिमन्त्री मदन परियार, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी छन्।

छलफलमा सहभागी हुन सात राजनीतिक दललाई औपचारिक पत्र पुगेको र टेलिफोनबाट पनि सम्पर्क गरिएको थियो।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा राष्ट्रपति कार्यालय शीतल निवासमा गत असोज २४ गते प्रधानमन्त्री कार्कीको विशेष उपस्थितिमा राजनीतिक दलहरूसँग निर्वाचन तयारीका सन्दर्भमा छलफल भएको थियो।

निर्वाचन आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत स्थानीय निर्वाचनमा कम्तीमा एक वडा सदस्य जित्नेसमेत गरी २९ वटा राजनीतिक दलहरूसँगको छलफलका क्रममा प्रतिनिधिहरूले पार्टीहरूसँग सघन छलफल गरी निर्वाचनको वातावरण तयार गर्न सरकारसँग आग्रह गरेका थिए।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’