
काठमाडौं- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीको भंगालस्थित घर जलाएको आरोपमा एमाले निकट राष्ट्रिय युवा संघकै एक कार्यकर्ता पक्राउ परेका छन्।
प्रहरीका अनुसार ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–१ सिनाम स्थायी घर भई हाल काठमाडौं धुम्बाराहीमा बस्ने सोनम थेवे आइतबार पक्राउ परेका हुन्।
थेवे २४ गते भंगालस्थित पूर्वराष्ट्रपति भण्डारीको घर तोडफोड तथा आगजनीमा संलग्न रहेको एक अधिकारीले जानकारी दिए।
थेवेले धुम्बराही क्षेत्रका व्यवसायीलाई धम्की दिई रकम असुल गर्ने गर्दै आएको प्रहरी बताउँछ।
गुण्डा नाइके चक्रे मिलन समूहका थेबे होटल तथा रात्री व्यवसायी, जग्गा व्यवयायीसँग हप्ता उठाउने प्रहरी स्रोतले जानकारी दियो।
उनी उनी एमाले र युवा संघका सक्रिय कार्यकर्ता रहेको प्रहरी बताउँछ।
प्रहरीले यसअघि निकालेको सुरक्षा चुनौती दिन सक्ने १३१ गुण्डाको सूचीमा पनि उनी थिए ।