
- देउखुरी उद्योग वाणिज्य संघले परम्परागत देउसी–भैलो संस्कृतिको संरक्षण गर्न विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ।
- भैलो कार्यक्रमबाट संकलित रकम व्यवसायी विपद् कोषमा प्रयोग गरिनेछ, जो परोपकारी उद्देश्यको लागि छ।
- स्थानीय समुदायले यस्ता सांस्कृतिक कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै परम्परागत संस्कृति बचाउने प्रयास गरिरहेका छन्।
दाङ–ठूला मादल, बाँसुरी र झ्यालीको तालसँगै मौलिक पोशाकमा सजिएका कलाकारहरू देउसी–भैलो गाइरहेका छन् ।
गीत–संगीत सबै पुराना, तर उद्देश्य नयाँ । देउखुरी उद्योग वाणिज्य संघले देउसी–भैलो संस्कृतिको संरक्षण गर्ने उद्देश्यले यस वर्ष विशेष सांस्कृतिक भैलो निकालेको हो ।
संघका अध्यक्ष कमलजंग सिंह ठकुरीका अनुसार परम्परागत कला–संस्कृतिको जगेर्नासँगै व्यवसायीहरूलाई साथ दिनका लागि विपद् कोष स्थापना गर्ने उद्देश्यले भैलो कार्यक्रम आयोजना गरिएको हो ।
उनले भने, ‘हाम्रा मौलिक कला–संस्कृति हराउँदै गएका छन् । त्यसलाई बचाउन सन्देश दिने माध्यमका रूपमा यो भैलो आयोजना गरेका हौं । यसबाट संकलित रकम व्यवसायी विपद् कोषमा प्रयोग गरिनेछ ।’
परम्परागत संस्कृतिको संरक्षणका लागि पछिल्लो समय दाङका विभिन्न क्षेत्रमा यस्ता सांस्कृतिक भैलो निकाल्ने क्रम बढ्दै गएको छ । लोक बाजाका साथमा प्रस्तुत गरिने भैलो कार्यक्रमहरूले तिहार पर्वमा विशेष महत्व राख्ने भएकाले समुदायले पनि यस्ता अभियानमा सक्रिय साथ दिइरहेको छ ।
सांस्कृतिक अभियन्ता ताराप्रसाद खनालले भने, ‘संस्कृति लोप भएपछि हाम्रो अस्तित्व नै संकटमा पर्छ । त्यसैले यस्ता अभियानहरूमा सबैको सहयोग र सहभागिता आवश्यक छ ।’
मारुणी नृत्य, परम्परागत देउसी–भैलो गीत र लोक बाजाका आकर्षक प्रस्तुतिहरू राखिएका छन् ।