अन्तरिम सरकार विस्तारै निर्वाचनतिर गम्भीर हुँदैछ: प्रचण्ड

अन्तरिम सरकार विस्तारै निर्वाचनतिर गम्भीर हुँदैछ: प्रचण्ड
+
-
देशसञ्चार AI सारांश
  • संयोजक प्रचण्डका अनुसार अन्तरिम सरकार निर्वाचन तर्फ गम्भीर भई वातावरण बनाउन गम्भीरतापूर्वक लाग्नुपर्ने समय आएको छ।

  • संसदीय दलहरूसँग गरेको हालैको वार्ताले सरकारलाई निर्वाचनप्रति गम्भीर बनाएको महसुस भए पनि वातावरण पूर्ण बनेको छैन।

  • छठपछि समाजवादी पार्टीहरूबीच नयाँ परिस्थिति उत्पन्न हुने र बामपन्थी एकताको प्रक्रिया अघि बढ्न सक्ने बताइयो।

जनकपुरधाम- नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अन्तरिम सरकार विस्तारै निर्वाचनतिर गम्भीर हुन लागेको बताएका छन् ।

महोत्तरीमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन आएका संयोजक प्रचण्डले जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अन्तरिम सरकारले हिजो मात्रै  संसदीय दलहरुसँग वार्ता गरेकाले यो सरकार निर्वाचनतिर गम्भीर भइरहेको बताए ।

उनले अन्तरिम सरकारले तय गरेको समयमै निर्वाचन हुनुपर्ने भन्दै सरकारले यसलाई गम्भीरतापूर्वक लिएर निर्वाचनको वातावरण बनाउनुपर्ने बताए ।

उनले भने, ‘हिजो मात्रै संसदीय दलहरुसँग जुन वार्ता भएको छ सरकारको त्यसले विस्तारै निर्वाचन तिर गम्भीर भएको आभास हुन्छ तर अझै पनि  वातावरण बनेको छैन । हामीले यो असाधारण परिस्थितिमा अन्तरिम सरकारले निर्वाचन घोषणा गरिसकेपछि अब निर्वाचनमै केन्द्रित हुनुपर्छ भनेर पार्टीको केन्द्रीय समितिको बैठक बसेर निर्णय गर्ने पार्टी माओवादी केन्द्रनै हो ।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले जेनजी आन्दोलन पछि सबैभन्दा पहिले अपिल गर्ने पार्टी आफूहरूको रहेको भन्दै अहिले भ्याली बाहिर मधेसमा आएर कार्यक्रम गर्ने पार्टी पनि बनेको बताए ।

यस्तै, उनले छठपछि सामाजवादी भित्र रहेका पार्टीहरूबीच नयाँ परिस्थिति उत्पन्न हुने बताए । उनले बामपन्थी एकता र ध्रुवीकरणको कुरा सामाजवादी भित्र भएको पार्टीहरू एकता प्रक्रियामा लागेको बताउँदै छठपछि नयाँ परिस्थिति हुने बताए ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’