
विराटनगर- विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नेपाल सम्वत् पात्राे मात्र नभएर नेपालीहरूको पहिचान भएको बताएका छन्।
नेपाल सम्वत् ११४६ का अवसरमा शुभकामना दिदैं कोइरालाले यसले नेपाली स्वभिमान, सांस्कृतिक विविधता र ऐतिहासिक चेतनालाई अभिब्यक्त गर्ने बताए ।
नेपालीहरुको राष्ट्रिय संस्कृति, पहिचानलाई संरक्षण र सम्मान गर्नु सबैको दायित्व भएको उनको भनाइ छ।
महानगर पनि समावेशी विकास, सुशासन, सामाजिक न्याय र सम्बृद्ध नगरतर्फ उन्मुख रहेको उनले बताएका छन्।