देउसी भैलो खेलेर मनाइँदै तिहार (तस्बिरहरू)

देउसी भैलो खेलेर मनाइँदै तिहार (तस्बिरहरू)
+
-

काठमाडौँ – नेपालीहरूको दोस्रो ठूलो चाड तिहार धुमधामका साथ मनाइँदै छ। तिहारको विशेष पक्ष भनेको देउसी भैलो र यम पञ्चक पनि भनिने तिहारको पाँच दिन विभिन्न जनावरलाई पुज्ने समेत गरिन्छ।

अहिले काठमाडौँ उपत्यकालगायत देशदेखि विदेशसम्म देउसी भैलो गुन्जिन थालिसकेको छ। यही अवसरमा हरेक वर्ष मगर भेजा समाज नेपालले पनि विभिन्न कार्यक्रम गरी देउसी भैलो कार्यक्रम आयोजना गर्दै आएको छ।

परम्परागत देउसी भैलोसँगै झौरे नाच, मारूनीलगायतको नाच गान प्रस्तुत गरी देउसी भैलो खेल्दै आएको समाजका अध्यक्ष खिम बहादुर थापा मगरले जानकारी दिए।

गाउँघरमा जस्तो नभए पनि तिहारमा विभिन्न आफन्त र व्यक्तिहरूको घरघरमा गएर देउसी खेल्दै आएको र पछिल्लो समय आफ्नो परम्परा, संस्कृति लोप हुँदै गएकोमा नयाँ पुस्तालाई पनि देउसी भैलोलगायतका हाम्रो संस्कृति बारेमा जानकारी दिने उद्देश्यले पनि हरेक वर्ष मगर भेजा समाजले यस्तो कार्यक्रम आयोजना गरेको मगरले बताए।

देउसी भैलो किन खेलिने गरिन्छ भन्ने प्रसंगमा विभिन्न पौराणिक कथनहरु रहेको छ। विशेषगरी यसमा बलीराजाको कथन जोडिएर आउने गर्दछ।

पौराणिक कथनअनुसार दानवराज बलीले वामन अवताररूपी विष्णुले मागेको तीन पाइला जमिनमध्ये दुई पाइलामा सम्पूर्ण भू–भाग ढाकिएकोले तेस्रो पाइलामा आफ्नै शिर दिएका थिए। त्यसबेला विष्णुले ‘देऊ शिर’ भनी मागेकाले अपभ्रंश भई अहिले देउसीको गाथा चलेको हो।

आफ्नो सर्वस्वहरण भई पाताल पुगेका बलीलाई विष्णुले वर्षको तीन दिन पृथ्वीमा तिम्रो आधिपत्य रहनेछ भन्ने वरदान दिएको सम्झना गर्दै मानिसहरूले देउसी भैलो खेल्ने परम्परा चलाए भने गरिन्छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’