
काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जेन–जी आन्दोलनका क्रममा कांग्रेस–एमालेले देश जलाएको बताएका छन्।
उनले बुधबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै आन्दोलनमा कांग्रेस र एमालेले देश जलाएको तर दोष जेन–जीहरूलाई लगाएको बताएका हुन्।
भिसा पाउन नेताहरूको घर धाउनुपर्ने तर उनीहरूले नै अरूलाई विदेशीको एजेन्ट भएको आरोप लगाउने गरेको मेयर शाहको भनाइ छ।
उनी लेख्छन्, ‘तुइन र काठको पूल बनाउने नेताहरु भन्छन्, यो देश विदेशीले बिगार्यो, भिसा पाउनलाई तिमीहरुको घर धाउनु पर्छ, अरुलाई एजेन्ट भन्छौ!!!’
चिया पिउने टाइममा रगत पिउनेहरूले अरूलाई लुसिफरको भन्ने गरेको उनको भनाइ छ।
उनले लेख्छन्,’आन्दोलनमा पुरै देश एमालेले कांग्रेसको जलाउँछ, कांग्रेसले एमालेको जलाउँछ, दोष आफ्नो बाल बच्चालाई दिन्छौ! चियाको टाइममा रगत पिएर अरुलाई लुसिफर भन्छौ! लाज लाग्दैन?’