घ्याँसीखर्क र लुलाङ जोड्ने सडक चार महिनापछि सञ्चालन

घ्याँसीखर्क र लुलाङ जोड्ने सडक चार महिनापछि सञ्चालन
+
-
देशसञ्चार AI सारांश
  • रघुगङ्गा गाउँपालिका र धवलागिरि गाउँपालिकालाई जोड्ने सडक असार महिनादेखि अवरुद्ध भए पनि चार महिनापछि पुनः सञ्चालनमा आएको छ।
  • दरखोलामा ह्युमपाइप राखेर यातायात सुचारु भएका कारण बर्खायाममा अवरुद्ध भएको यातायात पुनः सुरु भएको हो।
  • सडक मर्मतपछि स्थानीयलाई आवतजावत, निर्माण सामग्री ढुवानी, कृषि र पशुजन्य वस्तु बिक्रीमा सहजता प्राप्त भएको छ।

म्याग्दी- म्याग्दीको रघुगङ्गङ्गा गाउँपालिका–८ घ्याँसीखर्क र धवलागिरि गाउँपालिका–२ लुलाङ जोड्ने सडकमा चार महिनापछि यातायात सञ्चालन भएको छ ।

रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको मलाङ पहिरोका कारण घ्याँसीखर्क र धवलागिरि गाउँपालिका–२ मा रहेको दरखोलामा वर्षात्सँगै बाढीको सतह बढेपछि लुलाङ जोड्ने सडक गत असार महिनादेखि अवरुद्ध भएको थियो ।

धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरबम दरखोलामा बर्खा रोकिएपछि पानीको सतह घटेको र ह्युमपाइप राखेर लुलाङ जोड्ने सडकमा यातायात सञ्चालन गरिएको छ । दरखोलामा मोटरेबल पुल नभएकाले लुलाङ र गुर्जा गाउँ जोड्ने सडकमा बर्खायाममा यातायात अवरुद्ध हुने गरेको हो ।

त्यसैगरी, राहुघाट नदीमा निर्माण भएका चिमखोला–राहुघाट–मङ्गले, ठूलोखोला र माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाको सहयोगमा डोजर परिचालन गरेर मलाङको पहिरो पन्छाएपछि चिमखोला हँुदै घ्याँसीखर्क जोड्ने सडकमा यातायात सञ्चालन भएको हो ।

म्याग्दीको विकट क्षेत्रमा पर्ने घ्याँसीखर्क र लुलाङसहित बर्खामा अवरुद्ध भएका सबै सडक मर्मत गरेर यातायात सञ्चालन गरिएको स्थानीय तहहरूले जनाएका छन् ।

यातायात सञ्चालन भएसँगै ग्रामीण क्षेत्रका बासिन्दालाई आवतजावत, निर्माण सामग्री र खाद्यान्न ढुवानी तथा कृषि र पशुजन्य वस्तु बिक्री गर्न सहज भएको छ ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’