२५ जनाको जम्बो टोली लिएर राष्ट्रसंघको भ्रमणमा उड्ने तयारीमा थिए ओली

२५ जनाको जम्बो टोली लिएर राष्ट्रसंघको भ्रमणमा उड्ने तयारीमा थिए ओली
+
-

काठमाडौँ- भदौ २३ र २४ गते (सेप्टेम्बर ८ र ९) मा भएको जेन-जी आन्दोलनबाट सत्ताच्यूत भएका एमाले अध्यक्ष केपी शर्मा ओली भर्खरै सम्पन्न (सेप्टेम्बर २३ देखि २९) राष्ट्रसंघको ८०औँ महासभामा भाग लिन २५ जनाको जम्बो टोली लिएर अमेरिका जाने तयारीमा थिए।

सधैं राष्ट्रसंघको महासभामा प्रधानमन्त्री तहबाटै भाग लिन जानुपर्ने बाध्यता नभए पनि ओलीले भने गएको वर्षझैँ यसपटक पनि आफैँ महासभामा भाग लिने तयारी गरेका थिए।

यसका लागि २५ जनाको टिकटसमेत बुकिङ भइसकेको थियो।

स्रोतले दिएको जानकारी अनुसार तत्कालीन प्रधानमन्त्री ओली, ओलीपत्नी राधिका शाक्य र प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक राजनीतिक सल्लाहकार विष्णु रिमालको बिजनेस क्लासको टिकट बुकिङ भएको थियो।

अन्य २२ जनाको भने इकोनाेमिक क्लासको टिकट बुकिङ भएको स्रोतले जनाएको छ।

तर, राष्ट्रसंघको महासभा सुरु हुनु करिब दुई हप्ताअघि नै ओली जेन-जी आन्दोलनबाट सत्ताच्यूत भएपछि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले नेपालका तर्फबाट राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्कस्थित नेपाली स्थायी प्रतिनिधि/राजदूत लोकबहादुर थापालाई पठाएको थियो।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’