कर्णाली याक्सले सार्वजनिक गर्‍यो नयाँ जर्सी

कर्णाली याक्सले सार्वजनिक गर्‍यो नयाँ जर्सी
+
-
देशसञ्चार AI सारांश
  • कर्णाली याक्स स्पोट्स प्रा.लीले मंसिरमा हुने एनपिएलको दोस्रो संस्करणका लागि नयाँ जर्सी सार्वजनिक गरेको छ।
  • जर्सीमा कर्णाली प्रदेशको भौगोलिक र सांस्कृतिक महत्व झल्कने आकासे र पहेँलो रंग समावेश गरिएको छ।
  • टोलीले स्कटल्यान्डका मार्क वाटलाई पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध गर्दै अर्को सत्रका लागि तयारी तीव्र बनाएको छ।

काठमाडौँ- कर्णाली याक्स स्पोट्स प्रा.लीले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को लागि नयाँ जर्सी सार्वजनिक गरेको छ ।

कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले मंसिरमा हुने एनपिएलको लागि कर्णाली याक्सले लगाउने जर्सी सार्वजनिक भएको र चाँडै समर्थकमाझ पुर्‍याउने योजना रहेको बताएका छन् ।

कर्णाली याक्सको जर्सीमा आकासे र पहेँलो रंग समावेश गरिएको छ । जसले कर्णाली प्रदेशको भौगोलिक र साँस्कृतिक महत्व पनि राख्नेछ ।

दोस्रो संस्करणको लागि कर्णाली याक्सले आफ्नो तयारी तीव्र बनाएको छ । कर्णालीले ट्यालेन्ट हन्ट ३ नोभेम्बरमा गर्दैछ ।

२०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो ।

दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् ।

यस्तै, कर्णालीले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ । विपिन पहिलो संस्करणको ट्यालेन्ट हन्टबाट नेपाली क्रिकेटमा उदायका स्टार हुन् । विपिनसँगै दीपेन्द्र, अर्जुन र युनिससिंह कर्णाली प्रदेशकै खेलाडी हुन् ।

त्यस्तै, क्लबले पहिलो विदेशी खेलाडीको रुपमा स्कटल्यान्डका मार्क वाटलाई अनुबन्ध गरेको छ । २९ वर्षीय वाटले स्कटल्यान्डको लागि टी–२० आईमा ७७ खेल खेल्दा ८९ विकेट लिएका छन् । त्यस्तै, २९४ रन जोडेका छन् । यता, एकदिवसीयमा ८२ खेल खेल्दा एक सय १० विकेट लिएका छन् ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’