
काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई पानीमाथिको ओभानो बन्न खोज्न हास्यास्पद रहेको बताएका छन्।
बुधबार बालेनले कांग्रेस–एमालेले देश जलाएको आरोप लगाएपछि त्यसको प्रतिकृया दिँदै पोखरेलले बालेनलाई पानीमाथिको ओभानो बन्न खोज्नु हास्यास्पद रहेको बताएका हुन्।
भदौ २३ र २४ गते जेन-जी आन्दोलनलाई लिएर बालेनमाथि अनेक आरोप लागिरहेको समयमा उनी कांग्रेस-एमालेमाथि खनिएका थिए।
‘२३ र २४ गतेका हिंसा, तोडफोड, आगजनी र लुटपाटका घटनालाई सामान्यीकरण गर्ने प्रयास गलत हो। दोषी जोसुकै हुन्, कानून अनुसार कारबाही हुनैपर्छ’, पोखरेलले फेसबुकमा लेखेका छन्, ‘विध्वंस र लुटपाटमा संलग्नलाई नेपाल प्रहरीले कारबाही गर्न खोज्दा गृहमन्त्रीलाई प्रयोग गरेर रोक्न लगाउने वालेनजीले राजनीतिक दलहरूलाई दोषारोपण गरेर पानीमाथिको ओभानो’ बन्न खोज्नु हास्यास्पद छ।’
पोखरेलले नेपाल प्रहरीलाई स्वतन्त्र ढंगले अनुसन्धान र अभियोजन गर्न दिनसमेत बालेनलाई आग्रह गरेका छन्।