
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमै तिहारको टीका लगाएका छन्।
शीतल निवासमा ११ बजेर ३९ मिनेटमा बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट उनले टीका लगाएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटका लागि निर्धारण गरेको भए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ।
यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने गरिन्छ।