तिहारको टीका लगाएर फर्किँदै गरेका एक जनाको बसको ठक्करबाट मृत्यु

तिहारको टीका लगाएर फर्किँदै गरेका एक जनाको बसको ठक्करबाट मृत्यु
+
-

दाङ – दिदीको हातबाट तिहारको टीका लगाएर फर्किँदै गर्दा देउखुरीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

राप्ती गाउँपाकिका-५ सिंगे निवासी करिब ६५ वर्षीय रामप्रसाद भट्टराईको बसको ठक्करबाट मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोषणराज पाण्डेले जानकारी दिए।

पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका -५ लमही बजार प्रतिष्ठा पेट्रोल पम्पनजिकै आज दिउँसो १ बजेको समयमा बसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ९८७६ नम्बरको बसले ठक्कर दिएको थियो। गम्भीर घाइते भट्टराईको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ। ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’