
काठमाडौँ – जेन–जी आन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै सामुहिक भाइटीका मनाइएको छ।
बिहीबार काठमाडौँको माइतीघर मण्डलामा जेन–जी युनाइटेड परिवर्तन समूहले जेन–जी सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सामुहिक भाइटीका मनाएको हो।
कार्यक्रममा सहिदका तस्बिरमा टीका र माला लगाई श्रद्धाञ्जलि व्यक्त गरिएको थियो। कार्यक्रममा सहिद परिवार, आन्दोलनका घाइतेलगायत युवाहरूको उपस्थिति थियो।
तस्बिर: नेपाल फोटो लाइब्रेरी।