धनुषा प्रहरीले भन्योः जेनजी आन्दोलनपछि सडकमा अराजकता बढ्यो, अब यस्तो भए कारबाही हुन्छ

धनुषा प्रहरीले भन्योः जेनजी आन्दोलनपछि सडकमा अराजकता बढ्यो, अब यस्तो भए कारबाही हुन्छ
+
-
देशसञ्चार AI सारांश
  • जनकपुरधाममा ट्राफिक नियम उल्लंघन बढेपछि धनुषा प्रहरीले उल्लंघनकर्तालाई कारबाही गर्ने चेतावनी दिएको छ।
  • हेल्मेट नलगाउने, ठुलो आवाजमा मोटरसाइकल चलाउने, र अवैध सवारीले यातायात नियम गम्भीर रूपमा उल्लंघन गरेका छन्।
  • अनावश्यक विवाद गर्ने व्यक्तिहरूलाई कानुनी कारबाही गरी शान्ति सुव्यवस्था कायम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

जनकपुरधाम – जेनजी आन्दोलन पछि ट्राफिक नियम उलंघन गर्ने बढेपछि धनुषा प्रहरीले अब उलंघन गरे कारबाही गर्ने चेतावनी दिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले एक सूचना जारी गर्दै अब यस्तो कार्य जारी रहे कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको हो।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषा बिगत देखि नै अपराध अनुसन्धान, नियन्त्रण तथा रोकथाम, शान्ति सु९व्यवस्था अमन चयन, ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनिकरण लगायतका लागि अहोरात्र खटिदै आएकोमा जेनजी आन्दोलन पछि केही मोटरसाईकल सवारी चालकहरूले हेल्मेट नलगाउने, मोटरसाईकलको स्वरुप परिवर्तन गरी ठुलो आवाजमा चलाई ध्वनि प्रदुषण गर्ने, मादक पदार्थ सेवन तथा लागूऔषध पदार्थ सेवन गरी सवारी साधन चलाउने, मोटरसाईकलमा तोकिए भन्दा धेरै यात्रु बोक्ने, तिब्र गतिमा सवारी साधन चलाउने लगायत ट्राफिक नियमको गम्भिर उल्लंघन गर्ने गरेको जनाएको छ।

सवारी साधन चेकजाँच गर्दा समेत अनावश्यक रुपमा प्रहरीसँग वादविवाद गर्ने जस्ता उच्छृङ्खल गतिविधि गर्ने गरेको पाईएकोले अब यस्ता गैर कानुनी हर्कत दोहोरिएको पाईएमा कानुन बमोजिम कारवाही हुने जिल्ला प्रहरी कार्यालयले जनाएको हो। जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीले जिल्ला ट्राफिक प्रहरी कार्यालयमा आगजनी गरेपछि कार्यालयमा क्षति पुगेको थियो।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’