चीनले बिहीवार दक्षिण चीनको हाइनान प्रान्तको वेनचाङ अन्तरिक्ष प्रक्षेपण स्थलबाट अन्तरिक्षमा नयाँ सञ्चार प्रविधि परीक्षण उपग्रह पठाएको छ ।
बेलुका १०ः३० बजे (बेइजिङ समय) लङ मार्च–५ रकेटबाट प्रक्षेपण गरिएको उपग्रह आफ्नो योजनावद्ध कक्षमा सफलतापूर्वक प्रवेश गरेको छ ।
यो मुख्यतया बहु–ब्यान्ड र उच्च–गति सञ्चार प्रविधि प्रमाणीकरण परीक्षणहरू गर्न प्रयोग गरिनेछ । यो प्रक्षेपण लङ मार्च वाहक रकेट श्रृङ्खलाको ६०२ औं मिसन थियो ।

भर्खरै
लोकप्रिय






































































































































































































