दार्चुला- मार्मा गाउँपालिका–३ दानीखेतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आज बिहान लटिनाथबाट सार्सीतर्फ जाँदै गरेको सु प प्र ०१ ००१ ज १६६२ नम्बरको जीप दानीखेतमा दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा परी जिपका मालिक ३४ वर्षीय करबिरसिंह ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम शाहीले जानकारी दिए ।
जीप कसले चलाएको र कसरी दुर्घटना भयो भन्नेबारे थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।
जीप चालकको खोजी गर्न इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी टोली घट्नास्थलतर्फ गएको छ ।

भर्खरै
लोकप्रिय






































































































































































































