भोलिदेखि सुरु हुँदै छठ पर्व, धमाधम हुँदै छ तयारी

भोलिदेखि सुरु हुँदै छठ पर्व, धमाधम हुँदै छ तयारी
+
-

जनकपुरधाम – जनकपुरधामसहित तराई/मधेसका जिल्लाहरुमा छठका लागि तयारी भइरहेको छ। शनिबारदेखि औपचारिक रुपमा सुरु हुन लागेको छठ पर्वका लागि पोखरीहरु सजाउन थालिएको छ।

तराई/मधेसको सबैभन्दा ठूलो पर्वको रुपमा रहेको छठका लागि जनकपुरधामका घाटहरुलाई सिँगार्ने काम भइरहेको छ। यहाँ रहेका गंगासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा पोखरीलगायतमा सजावटको काम भइरहेको छ ।

गंगासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताले विगत जस्तै यो वर्षपछि गंगासागरको आधा भागमा सजावटको काम गरिरहेको बताए। उनले घाटको सरसफाइ, सजावटदेखि घाटमा विगतभन्दा पनि राम्रो व्यवस्था गरिरहेको बताए।

गुप्ताले यो वर्ष प्रतिअर्घ ६ सय रुपैयाँ निर्धारण गरिएको बताए। उनले भने, ‘सबैले दिँदैनन्। नदिनेले पनि यहाँ अर्घ राख्छन्। प्रत्येक वर्ष ३ सय/साढे ३ सय पुर्जा काट्ने गरेको छ। श्रद्धालु भक्तजनहरुबाट आएको रुपैयाँले यसको व्यवस्थापनमा लाग्ने खर्च निस्किहाल्छ।’

गंगासागरको घाटमा अहिले पण्डाल लगाउने काम भइरहेको छ भने झिलिमिली बत्तीको काम बाँकी रहेको छ। गंगासागरमा ३ वटा समितिले सजावटको काम गर्ने गरेको छ।

यस्तै, अरगजासरमा छठको घाटको निर्माण गरिरहेका समितिका सचिव विरेन्द्र कर्णले दसैँ सकिएपछि आफूहरु तयारीमा जुटिसकेको बताए। उनले सजावट तथा सफाइका लागि अहिले कामदार घटाइएको बताए। कर्णले यस पोखरीमा हिन्दुहरु मात्र नभई मुस्लिम समुदायका पनि केही व्यक्तिहरु रहने गरेको बताए।

कर्णले घाटमा अर्घ राख्नेहरुबाट सहयोग स्वरुप रकम लिने गरिएको बताए। ‘अर्घ राख्नेसँग कुनै करचाप हुँदैन, हामीले सहयोगस्वरुप आर्थिक सहयोग गरिदिन आग्रह गर्छौँ’, उनले भने।

उनले शान्ति सुरक्षाका लागि प्रहरीसँग पनि समन्वय गरेको बताउँदै यो पोखरीमा ५ हजारभन्दा बढी अर्घ रहने गरेको र यो प्रत्येक वर्ष बढ्ने गरेको बताए।

मिथिलाञ्चल क्षेत्रमा मनाइने पर्वहरु पूर्ण रुपले घरेलु उत्पादनमा निर्भर रहेकोले आफ्नै खेतबारीमा उत्पादन गरेको गहुँ, चामललगायतको व्यवस्था गरेर त्यसलाई धोइ पखालेर आफ्नै घरमा रहेको जाँतोमा पिसेर त्यसको पिठोबाट छठको सामग्रीहरु बनाउने गरिन्छ।

त्यस्तै, यस पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्नेहरुको बजारमा भीड लागेको छ। जनकपुरधामको बजारहरुमा बाँसबाट र माटोबाट बनेको सामाग्रीहरु जताततै बिक्री भइरहेको छ। छठ पर्वमा बाँस तथा माटोबाट बनेको सामानहरु शुद्ध मानिने भएकोले यसको माग अहिले बजारमा बढेको छ। मिथिलानीहरु अहिले माटोबाट बनेको घैँटो, हात्ती त्यस्तै बाँसबाट बनेको छिट्टी (टोकरी), नाङ्लो, कन्सुपतिलगायतको सामान किन्नमा व्यस्त छन्।

चारदिनसम्म मनाइने छठ पर्व भोलिदेखि औपचारिक रुपमा सुरु हुँदै छ। चार दिनको यस पर्वमा व्रतालुले दुई दिन बिना अन्नपानीको भोकै बस्नुपर्दछ। यस पर्वअन्तर्गर्त पहिलो दिन शनिबार ‘नहाय–खाए’ हुनेछ। दोस्रो दिन आइतबार दिनभरि उपवास बसी रातिमा ‘खीर’ बनाई देउतालाई चढाएर खानेछन्। यस विधिलाई ‘खरना’ भनिन्छ।

त्यस्तै, मूल दिन सोमबार ठेकुवा, भुसवालगायत कृषिजन्य अन्नको पीठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हाती, सूप, कनसुपती, कलशसहितको घैँटोलगायत सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अर्घ दिइन्छ। यस्तै, छठ पर्वको अन्तिम दिन मंगलबार बिहानपख उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर पर्वको समापन गरिनेछ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’