हुम्ला–कर्णाली दोस्रो जलविद्युत् आयोजना निर्माण सुचारु

हुम्ला–कर्णाली दोस्रो जलविद्युत् आयोजना निर्माण सुचारु
+
-
देशसञ्चार AI सारांश
  • हुम्ला–कर्णाली जलविद्युत् आयोजना निर्माणका लागि ३३५ मेगावाट क्षमताको पर्यावरणीय प्रभाव मूल्यांकन प्रक्रिया अगाडि बढाइएको छ।
  • आयोजना ५० मेगावाट क्षमताभन्दा बढी भएकाले वातावरण संरक्षण ऐनअनुसार यसको मूल्यांकन गर्नुपर्ने प्रावधान छ।
  • परियोजनाबाट २० किलोमिटर लामो प्रसारण लाइनमार्फत मुगु कर्णाली हबमा बिजुली जोडिनेछ।

हुम्ला – हुम्ला–कर्णाली दोस्रो जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ। सो ३३५ मेगावाट क्षमताको आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को काम अगाडि बढेको हो।

यो काम ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिसमा वन तथा वातावरण मन्त्रालयले वातावरण प्रभाव मूल्यांकनको काम अगाडि बढाएको हो। सो आयोजना रुरु जलविद्युत् परियोजनाले निर्माण गर्नेछ।

आयोजना हुम्लाको खार्पूनाथ गाउँपालिका र सर्केगाड गाउँपालिकामा अवस्थित छ। वन तथा वातावरण मन्त्रालयले यसअघि नै सार्वजनिक सूचनामार्फत इआइएमा आवश्यक सुझाव तथा सल्लाह दिन आग्रह गरेको थियो।

आयोजना निर्माणका लागि कूल ४७ दशमलव १३ हेक्टर जमिन आवश्यक पर्ने छ। विद्युत् उत्पादन अन्तर्गत ५० मेगावाटभन्दा बढी क्षमताको जलविद्युत् आयोजनाकाका लागि वातावरण संरक्षण ऐन, २०७६ अनुसार वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने प्रावधान रही आएको छ।

सोहीअनुसार इआइएको काम अगाडि बढाइएको र हाल मन्त्रालयले आवश्यक अध्ययन गरिरहेको छ। नदी प्रवाहमा आधारित सो आयोजना कर्णाली नदीको एक प्रमुख आयोजना हो। हुम्ला कर्णालीमा निर्माण हुने भएकाले पनि यस आयोजनालाई महत्त्वपूर्ण रूपमा हेरिएको हो।

प्रस्तावित आयोजनाको डिजाइन डिस्चार्ज एक सय १८ दशमलव ७० घनमिटर प्रति सेकेण्ड रहेको छ। आयोजनामा दुई वटा डाइभर्सन सुरुङ निर्माण हुनेछ। डाइभर्सन सुरुङको लम्बाई पाँच सय ४५ मिटर र पाँच सय ४२ मिटर रहनेछ। डाइभर्सन सुरुङको व्यास नौ दशमलव पाँच मिटर रहनेछ।

आयोजनाबाट सुक्खायामका छ सय नौ दशमलव ८९ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ भने वर्षा याममा एक हजार एक सय ८४ दशमलव ८३ गिगवाटा घण्टा ऊर्जा उत्पादन हुनेछ। आयोजनाबाट उत्पादित बिजुली २० किलोमिटर लामो डबल सर्किट चार सय केभी क्षमताको प्रसारण लाइनमार्फत मुगु कर्णाली हबमा जोडिनेछ।

आयोजना निर्माण हुँदा ५६ घरधुरी प्रभावित हुनेछन्। यस्तै एक सय ८८ वटा रुख कटान गर्नुपर्नेछ। आयोजनाको प्रतिमेगावाट लागत रु २१ करोड ७६ लाख बराबर रहेको छ। यस्तै, कुल लागत रु ७२ अर्ब ९० करोड ८० लाख बराबर रहनेछ। आयोजना निर्माण चरणमा औसत एक हजार आठ सय पाँच जना र सञ्चालन चरणमा एक सय १५ जनाले रोजगारी प्राप्त गर्नेछन्।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’