काठमाडौँ – फागुन २१ गतेका लागि तोकिएको चुनावलाई लक्षित गर्दै कांग्रेसले मतदाता नामावली संकलनमा ध्यान दिन प्रदेश कार्यसमितिहरुलाई निर्देश गरेको छ।
निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म तोकेको मतदाता नामावली संकलनका लागि दिएको समयभित्र नामावली संकलनका लागि पार्टीका संयन्त्रहरु परिचालन गर्न महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले प्रदेश कार्यसमितिका सभापतिहरुलाई निर्देशन दिएका हुन्।
महामन्त्रीहरुले छठ लगत्तै प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यलाई मतदाता दर्ता अभियानमा केन्द्रित गर्न आग्रह गर्दै प्रतिनिधि तोक्न भनेको छ।
जिल्ला कार्यसमिति र मातहतका सबै तहलाई तत्काल अन्य कार्य थाती राखेर मतदाता दर्ता अभियान मा लाग्न निर्देशन गर्न, प्रदेश संसदीय दलमा रहेकाहरुलाई आफ्नो क्षेत्रमा बसेर मतदाता दर्ता अभियान व्यापक बनाउन निर्देशन र परिचालन भनिएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































