पोखरा – तनहुँमा धारिलो हतियार प्रहार हुँदा एक युवक घाइते भएका छन्।
शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराका २५ वर्षीय विवके न्यौपाने घाइते भएका हुन्। पिठ्युँमा चोट लागेका न्यौपानेलाई उपचारका लागि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा लगिएको छ।
उनलाई शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडा हेल्थपोष्टचोकमा धारिलो हतियार प्रहार गरिएको हो। केही युवाले विवाद हुँदा उनलाई आक्रमण गरी घाइते बनाएका हुन्।
शंकास्पद दुई जनालाई पक्राउ गरेर सोधपुछ भइरहेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिए।

भर्खरै
लोकप्रिय






































































































































































































