दाङ–सवारी चालकलाई हदैसम्मको कानुनी कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै पूर्व–पश्चिम राजमार्गको दाङ खण्ड मृतकका आफन्तहरूले अवरुद्ध पारेका छन्। लमही नगरपालिका–१ नर्ती क्षेत्रमा सडकमै बसेर पीडित परिवारले राजमार्ग अवरुद्ध पारेका हुन्।
भाइटिकाको दिन दिदीको हातबाट टीका थापेर घर फर्किँदै गर्दा राप्ती गाउँपालिका–५ सिङ्गेखोला निवासी ६६ वर्षिय रामप्रसाद भट्टराईलाई पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ९८७६ नम्बरको बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो।
उक्त घटनामा संलग्न सवारी चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालकको लापरवाहीका कारण घटना भएको भन्दै हदैसम्मको कारबाहीको माग गरिएको छ। उचित क्षतिपूर्ति र कानुनी कारबाहीको ग्यारेन्टी नहुँदासम्म शव नउठाउने अडान परिवार पक्षले लिएको छ।
अवरुद्ध राजमार्ग खुलाउने विषयमा बस समिति र पीडित पक्षबीच निरन्तर पहल भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोषणराज पाण्डेले जानकारी दिए।

भर्खरै
लोकप्रिय






































































































































































































