दाङ – रुकुम पश्चिममा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ।
जिल्ला सदरमुकाम मुसिकोट खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका १० जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ।
घटना खलंगाबाट करिब ३५ किलोमिटर टाढा बाँफीकोट गाउँपालिका–७ लिस्ने भिरमा भएको हो।
रा १ ज ४२२ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। रुकुम पश्चिम प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक हरि पुनका अनुसार मृतकको पहिचान खुल्न बाँकी रहेको छ।

भर्खरै
लोकप्रिय






































































































































































































