मनसुनी वर्षासँगै बसाइँ सर्ने चराहरू भित्रिए नेपाल (तस्बिरसहित)

मनसुनी वर्षासँगै बसाइँ सर्ने चराहरू भित्रिए नेपाल (तस्बिरसहित)
+
-
देशसञ्चार AI सारांश
  • चिसो मौसम सुरु भएसँगै बसाइँ सर्ने चराहरू करिब १०० भन्दा बढी प्रजातिमा नेपाल भित्रिएका छन्।
  • नेपालमा हालसम्म ९०० भन्दा बढी प्रजातिका चराहरू अभिलेखित भएको पाइन्छ, जसमा धेरैजसो पानीचराहरू हुन्छन्।
  • ती चराहरू कोशी, कर्णाली, नारायणी जस्ता नदीहरू र विभिन्न तालहरूमा बस्न रुचाउँछन्।

मनसुनी वर्षा समाप्त भएसँगै देशभर चिसो हावाको सिरेटो चल्न थालेको छ। यही चिसो मौसमसँगै बसाइँ सर्ने चराहरू पनि नेपाल भित्रिएका छन्।

वर्षेनी करिब १०० भन्दा बढी प्रजातिका चराहरू नेपालमा आउने गर्छन्। तीमध्ये अधिकांश पानीचराहरू र हाँसका प्रजाति हुन्। त्यससँगै चिल, बाज, फिस्टे, गिद्धजस्ता अन्य चराहरू पनि उपयुक्त मौसमको खोजीमा नेपाल आइपुग्ने गर्छन्।

हालसम्म नेपालमा ९०० भन्दा बढी प्रजातिका चराहरू अभिलेखित भएका छन्। तीमध्ये कतिपय चराहरू नेपालमा केही समय बिश्राम गरेर अन्य देशतर्फ जाने गर्छन् भने कर्याङकुरुङ जस्ता केही प्रजातिका चराहरू भने नेपालमा बिश्राम नगरी आकाशमै उड्दै भारततर्फ जाने गर्छन्।

जाडो याममा नेपाल भित्रिने चराहरूले कोशी, कर्णाली, नारायणी, राप्ती, फेवा ताल, जगदिशपुर ताल, घोडाघोडी ताल, बर्जु ताल जस्ता ठूला नदी र तालहरूमा बस्न रुचाउने गर्छन्। हरेक वर्ष जनवरी महिनामा देशभरका प्रमुख वासस्थानहरूमा बसाइँ सरेर आएका चराहरूको गणना गरिन्छ, जसमा लाखौँ संख्यामा चराहरू अभिलेख गरिने गर्छ।

चखेवा, खोया हाँस, आसिढुँडे, ध्वाँसे फिस्टो, खड्खडे हाँस, सुइरोपुच्छ्रे जस्ता चराहरू ठूला संख्यामा नेपाल आउने गर्छन् भने श्वेतमाथा कलहाँस, देवदूत मनितुन्दक, देवहाँस जस्ता दुर्लभ प्रजातिका चराहरू भने सीमित संख्यामा मात्र देखिने गर्छन्।

देशका विभिन्न ताल, नदी र क्षेत्रहरूमा हाल बसाइँ सरेर आएका चराहरू देख्न सकिन्छ।

थप तस्बिरहरू:

तस्बिर : नेपाल फोटो लाइब्रेरी।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’