काठमाडौँ- ह्यात होटलको सेवा बन्द र कर्मचारी प्रवेशलाई निषेध गरिएको भन्ने सूचनाका सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गरेकी छन्।
प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले ह्यात रिजेन्सी व्यवस्थापनसँग शनिबार बिहान कुराकानी गरी जानकारी लिएका थिए।
त्यस क्रममा अर्थमन्त्री खनालले सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको र कत्ति पनि विचलित नभई सेवा सुचारु गर्न आग्रह गरेका छन्छ।
‘तपाईँहरु आत्तिन भएन। उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस्। हामी साथमा छौँ। सुरक्षाको व्यवस्था हामी मिलाउँछौँ। कत्ति पनि विचलित नभएर आफ्नो व्यवसायलाई निरन्तरता दिनुहोस्,’ उनले भनेका थिए।
ह्यात होटलले शुक्रबार सूचना जारी गर्दै जेन-जी आन्दोलनपछि होटल सञ्चालन गर्न नसकिएको भन्दै कर्मचारीहरुलाई बिदामा बसाएको थियो।
होटलले जेनजी आन्दोलनका समयमा होटलमा तोडफोड भएको र त्यसको मर्मत गर्नुपर्ने साथै सुरक्षा सम्वेदनशीलतालाई लिएर होटलमा कर्मचारीलाई बिदा बसाएको थियो।
यसबारे भोलि आइतबार होटल व्यवस्थापनसँग सरकारले थप छलफल गरी आवश्यक पहल गर्नेछ।

भर्खरै
लोकप्रिय






































































































































































































