एकै दिन मुस्ताङ भित्रिए झन्डै ७ हजार पर्यटक

एकै दिन मुस्ताङ भित्रिए झन्डै ७ हजार पर्यटक
+
-
देशसञ्चार AI सारांश
  • मुस्ताङमा तिहारपछि पहिलो दिन ६,८५९ पर्यटक भित्रिएका, जसमा ६,५०६ आन्तरिक र ३५३ विदेशी थिए।
  • शुक्रवार बेनी–जोमसोम सडकमार्ग हुँदै २,१६८ यात्रुवाहक सवारीसाधनले मुस्ताङमा ठूलो संख्यामा पर्यटक ल्याए।
  • कात्तिकको पहिलो सातामा मात्र २०,५०९ पर्यटक मुस्ताङ पुगेका, जसमध्ये १७,१२९ आन्तरिक र ३,३८० विदेशी थिए।

काठमाडौं- धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा एकै दिन ६ हजार ८५९ पर्यटक भित्रिएको प्रहरीले जानकारी दिएको छ।

मुस्ताङ प्रहरीका अनुसार तिहारको भाइटीका सकिएको पहिलो दिन शुक्ररबार बेनी–जोमसोम सडकमार्ग हुँदै उक्त सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन्। शुक्रबार बेनी–जोमसोम सडकमार्ग यात्रुवाहक सवारीसाधनको लस्करले व्यस्त रहेको प्रहरीले जानकारी दिएको छ। मुक्तिनाथ दर्शन तथा मुस्ताङको रमणीय प्राकृतिक सौन्दर्य अवलोकन गर्न तिहारलगत्तै मुस्ताङमा पर्यटक आवागमन बढेको मुस्ताङ प्रहरीले जानकारी दिएको छ।

मुस्ताङमा एकैदिन ६ हजार ५ सय ६ आन्तरिक र ३ सय ५३ विदेशी पर्यटक भित्रिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी छिरिङ किप्पा लामाले जानकारी दिए। शुक्रबार एकैदिन २ हजार १ सय ६८ यात्रुवाहक सवारीसाधन म्याग्दी हुँदै मुस्ताङ भित्रिएको उनले बताए।

कात्तिकको एकै सातामा बेनी–जोमसोम सडकमार्ग हुँदै २० हजार ५ सय ९ आन्तरिक तथा बाहय पर्यटक मुुस्ताङ भित्रिएका छन्। कात्तिक १ देखि ७ गतेसम्म १७ हजार १ सय २९ आन्तरिक र ३ हजार ३ सय ८० विदेशी पर्यटक मुस्ताङ भित्रिएको डिएसपी लामाले बताए। कात्तिक पहिलो सातासम्म बेनी–जोमसोम सडकमार्ग हुँदै ६ हजार ७३६ सवारीसाधन मुस्ताङ भित्रिएको उनले जानकारी दिए।

गत साउनदेखि असोजसम्म १ लाख १८ हजार ५ सय ८९ पर्यटक मुस्ताङ भित्रिएका थिए। यहाँ आन्तरिक ९१ हजार १ सय २५ र विदेशी २७ हजार ४ सय ६४ जना मुस्ताङ भित्रिएको प्रहरीको तथ्याङ्क‌मा उल्लेख छ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’