 
                            -  कर्णाली प्रदेशको वार्षिक समीक्षा गोष्ठीमा हुम्लाको स्वास्थ्य सेवा कार्यालयलाई दश जिल्लामध्ये उत्कृष्ट ठहरिएको छ।
 
-  कठिन भूगोल र सीमित स्रोतका बाबजुद गुणस्तरीय सेवा दिएकाले कार्यालयलाई यो सम्मान प्रदान गरिएको हो।
 
- चिकित्सक तिवारीले यो सम्मानले स्वास्थ्य सेवा सुधार्न थप ऊर्जा र जिम्मेवारीको अनुभूति भएको बताए।
हुम्ला – कर्णाली प्रदेशका दश वटै जिल्लाका स्वास्थ्य सेवा कार्यालयमध्ये हुम्ला जिल्लाको स्वास्थ्य सेवा कार्यालय उत्कृष्ट ठहरिएको छ। प्रदेशस्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा गरिएको मूल्यांकनमा स्वास्थ्य सेवा कार्यालय हुम्ला उत्कृष्ट भएको हो।
भौगोलिक रुपमा विकट मानिएको स्वास्थ्य सेवा कार्यालय हुम्ला कर्णाली प्रदेशका दश वटा जिल्लाको उत्कृष्ट ठहरिएको कार्यालय प्रमुख चिकित्सक उमाकान्त तिवारीले बताए।
आर्थिक वर्ष २०८१/८२ मा स्वास्थ्य सेवादेखि कार्यालयको कार्य सम्पादनमा राम्रो गरेको हुँदा प्रदेशस्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा मूल्यांकन गर्दा कार्यालय उत्कृष्ट भएको हो।
भौलोगिक हिसावले विकट जिल्ला भए पनि स्वास्थ्य क्षेत्रमा उत्कृष्ट व्यवस्थापन, प्रभावकारी सेवा वितरण र समर्पित टोलीको निरन्तर प्रयासको प्रतिफलका रूपमा लिइएको उनले बताए।
जिल्लाको कठिन भौगोलिक अवस्था, सिमित स्रोत–साधनका बिच गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न स्वास्थ्य सेवा कार्यालय सफल भएको हुँदा प्रदेशकै उत्कृष्ट भएको चिकीत्कस तिवाारीले बताए। यो सम्मानले काम गर्न थप ऊर्जा, हौसला र जिम्मेवारीको अनुभूति गराएको उनले बताए। आगामी दिनमा अझ सशक्त रूपमा जनताको स्वास्थ्य सेवामा समर्पित रहने प्रतिबद्धता जनाउँदै यो सम्मान हाम्रा हरेक सहकर्मीको पसिना, समर्पण र जनताप्रतिको प्रतिबद्धताको प्रमाण भएको बताए।
उत्कृष्ट छनोटका लागि उपचारात्मक सेवा र प्रवद्र्धनात्मक सेवालाई आधार मानेर सूचक निर्धारण गरी दश वटै जिल्लाका स्वास्थ्य सेवा कार्यालय, प्रदेश अस्पताल कालागाउँ र मेहलकुना अस्पतालले प्रदान गर्ने सेवाबारे गरिएको प्रस्तुतिलाई मूल्यांकन गरी उत्कृष्ट एउटालाई छनोट गरिएको हो।

 
                                                                             
                             
                             
                             
                             
                             भर्खरै
भर्खरै लोकप्रिय
लोकप्रिय 
                                         
                                         
                                         
                                         
                                        
 
                 
                 
                 
                 
                 
                 
                 
                 
                




















 
 





































































 
 







































 
 

































































