ट्रम्पको विश्व पुनर्निर्माण योजनाबाट टाढा हुन सङ्घर्षरत युरोप

ट्रम्पको विश्व पुनर्निर्माण योजनाबाट टाढा हुन सङ्घर्षरत युरोप
+
-
देशसञ्चार AI सारांश
  • ट्रम्पले इजिप्टमा इजरायल–हमास युद्धविरामको स्वागत गर्दा युरोपेली नेताहरूको भूमिकालाई उनीहरूको घट्दो प्रभावको संकेत मानिएको छ।

  • रूसविरुद्धको युरोपको समर्थनमा गहिरो मतभेद छ, र युक्रेन–रूस वार्तामा ट्रम्पको प्रयास असफल भएको देखिन्छ।

  • मध्यपूर्वमा युरोपको भूमिका कमजोर भइरहँदा, ट्रम्पले मध्यपूर्वका मुलुकहरूसँग सम्बन्ध विस्तारमा केन्द्रीकरण गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजिप्टमा इजरायल–हमासबीच भएको अमेरिकी–मध्यस्थतामा युद्धविराम सम्झौताको स्वागत गर्दा उनका पछाडि उभिएका विश्व नेताहरू केवल प्रतीकात्मक रूपमा देखिए। यो युरोपको घट्दो प्रभावको स्पष्ट सङ्केत थियो।

गाजा युद्धदेखि युक्रेन द्वन्द्वसम्म युरोपेली देशहरू कूटनीतिक रूपमा आफ्नो स्थान जोगाउन सङ्घर्षरत छन् भने ट्रम्पले ‘अमेरिका फस्र्ट’ नीतिअन्तर्गत विश्व राजनीतिलाई पुनः आकार दिने प्रयास तीव्र बनाएका छन्।

भू–राजनीतिक विज्ञ लिन्डसे न्युम्यान भन्छन्, “ट्रम्पको नीति अब अलगाववादी होइन—उनी आफ्नो छविमा संसार पुनःनिर्माण गर्दै छन्। युरोपले उनीलाई प्रभाव पार्न सक्ने सम्भावना अत्यन्त न्यून छ।”

– युक्रेन युद्धमा दबाब र विभाजन –

रूसविरुद्ध युरोपको समर्थन र ट्रम्पको दृष्टिकोणबीच गहिरो मतभेद छ। उनले पछिल्लो हप्ता रूसी तेल–ग्यास उद्योगमाथि प्रतिबन्ध लगाए पनि त्यो कदम रुसी राष्ट्रपति पुटिनप्रतिको निराशाबाट बढी प्रेरित थियो। उनले भनेका छन्, “मैले धेरै पटक भ्लादिमिरसँग राम्रो कुरा गरेको छु, तर केही परिणाम निस्किँदैन।”

ट्रम्पले युक्रेन युद्ध रोक्ने वाचा पूरा गर्न सकेका छैनन्। युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्की र पुटिनबीच वार्ताको पहल असफल भएपछि उनले युरोपेली नेतालाई सहयोगको आग्रह गरे। तर युरोप भित्रै मतभेद देखिएको छ। युरोपेली सङ्घ (इयु) ले युक्रेन सहयोगका लागि फ्रिज गरिएका रूसी सम्पत्ति प्रयोग गर्ने योजनामा सहमति जुटाउन सकेको छैन। हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बनले अझै पनि समर्थनको विरोध गरिरहेका छन्।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले भने प्रतिबन्धलाई ‘निर्णायक मोड’ भन्नुभएको छ तर विश्लेषकहरू भन्छन्, “युरोपेली एकता नटुट्नु नै युरोपको आंशिक विजय हो।”

– मध्यपूर्वमा युरोपको प्रभाव कमजोर –

इजरायल–हमास युद्धविराममा युरोपको भूमिका न्यून रह्यो। ट्रम्पले इजिप्ट, कतार, टर्की र साउदी अरबको भूमिकाको प्रशंसा गरे तर युरोपको योगदानबारे मौन रहे। इयु विश्वकै सबैभन्दा ठूलो सहायता प्रदायक भए पनि इजरायलमाथि यसको दबाब सीमित छ।

बेलायत र फ्रान्सले प्यालेस्टिनी राज्यलाई मान्यता दिएको कदमले अमेरिकी प्रशासनलाई असन्तुष्ट तुल्याएको बताइन्छ। ट्रम्पका नजिकका अधिकारीहरूले पनि लन्डनको भूमिकालाई ‘भ्रमपूर्ण’ भनेका छन्।

विश्लेषक जोनाथन स्चान्जर भन्छन्, “ट्रम्पको युद्धविरामले युरोपेली आलोचनालाई केही समयका लागि शान्त पारेको छ र दुवै पक्षलाई रचनात्मक संवादतर्फ अग्रसर बनाएको छ।”

न्युम्यानका अनुसार ट्रम्प अब युरोपभन्दा मध्यपूर्वका मुलुकहरूसँग सम्बन्ध विस्तारमा बढी केन्द्रित छन्। उनी भन्छन्, “जहाँ अन्य अमेरिकी प्रशासनहरू टाढा जान खोज्थे, ट्रम्प त्यहाँ केन्द्रविन्दु खोजिरहनुभएको छ।”

– युरोपका लागि मिश्रित सन्देश –

ट्रम्पले नाटोबाट अमेरिकालाई फिर्ता नगरे पनि र युरोपेली सामानमा भारी कर नलगाए पनि उनले देशहरूलाई रक्षा खर्च बढाउन दबाब दिइरहेका छन्। युक्रेनमा रुसको आक्रमणले पनि युरोपमा सुरक्षा चेतना बढाएको छ।

सन् २०२० मा इयु छोडेको बेलायत पुनः आफ्नो छिमेकीहरूसँग नजिकिएको छ। प्रधानमन्त्री किर स्टार्मर वासिङ्टन र महाद्वीपबीचको प्रमुख कडी बनेका छन्।

इतिहासकार क्याथलिन बर्कका शब्दमा, “ट्रम्पले बुझ्न थाल्नुभएको छ—शत्रुभन्दा सहयोगी हुनु सधैंँ राम्रो हुन्छ। यदि युरोप एकजुट रह्यो भने उनीहरूको प्रभाव अझ बढ्न सक्छ।”

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’