जेनजीहरूलाई तत्काल रिहा नगरे कडा कदम चाल्ने चेतावनी

जेनजीहरूलाई तत्काल रिहा नगरे कडा कदम चाल्ने चेतावनी
+
-

काठमाडौँ– जेन–जी प्रतिनिधिहरुले सरकारविरुद्ध आक्रोश व्यक्त गरेका छन्। शनिबार माइतीघर मण्डलामा शान्तिपूर्ण प्रर्दशनका लागि भेला भएका जेन–जी प्रतिनिधिहरुलाई प्रहरीले पक्राउ गरेपछि उनीहरु सरकारविरुद्ध खनिएका हुन्।

शनिबार अपराह्न उनीहरुले पत्रकार सम्मेलन गरी जेन–जीहरुलाई एकताबद्ध गराउने अभियानमा जुटेकाहरुलाई सरकारले पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन्।

सरकारले शान्तिपूर्ण रुपमा भेला भएका जेनजीहरुलाई पक्राउ गरेकाले उनीहरुको रिहाइ तत्काल नभए कडा कदम चाल्न आफूहरु बाध्य हुने जेन–जी प्रतिनिधि मञ्जना राईले बताइन्।

उनले जेन–जीले बनाएको सरकारले उनीहरुको मागअनुसार काम गर्न नसकेको गुनासो पनि गरिन्। राईले भनिन्, ‘अब हामी नयाँ कदम चाल्न बाध्य हुनेछौँ। हामी पछि हट्ने छैनौँ। यही चेतावनी दिन चाहन्छौँ। थुनिएका साथीहरु रिहाइ नभएसम्म हामी अर्को कदम चाल्न बाध्य छौँ।’

सरकारले आफूहरुमाथि दमन गरेको भन्दै सह्य नहुने चतावनीसमेत उनीहरूले दिएका छन्। भोजपुरका जेन–जी प्रतिनिधि सागर तामाङले सरकारका दमनकारी नीतिविरुद्ध लाग्न पनि सबैलाई आह्वान गरे।

जेन–जी आन्दोलनले बनाएको सरकारले उनीहरुमाथि नै दमन गरेकाले त्यसको प्रतिरोधमा उत्रनुपर्ने बेला आएको तामाङको भनाइ थियो। उनले आफूहरुको माग सम्बोधन गराउन आन्दोलनलाई निरन्तर अघि बढाउने योजनामा रहेकोसमेत बताए।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’