सिंहदरबारभित्रको संसद् भवनको निर्माण समयमै सक्न मन्त्री घिसिङको निर्देशन (तस्बिरहरू)

सिंहदरबारभित्रको संसद् भवनको निर्माण समयमै सक्न मन्त्री घिसिङको निर्देशन (तस्बिरहरू)
+
-

काठमाडौँ – शहरी विकासमन्त्री कुलमान घिसिङले निर्माणाधिन संसद् भवन निरीक्षण गरेका छन्। मन्त्री घिसिङले शनिबार सिंहदरबारस्थित निर्माणाधिन संसद् भवन निरीक्षण गरेका हुन्।

उनले फागुन २१ मा निर्वाचन भई प्रतिनिधि सभा सदस्यहरुले नयाँ संसद् भवनबाट कार्य सञ्चालन गर्नसक्ने गरी व्यवस्था मिलाउन निर्माण कार्य तीव्र बनाउन निर्देशन दिए।

अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री घिसिङले पुरानो संसद् भवन जेन–जी आन्दोलनका क्रममा आगलागी भएर ध्वस्त भएकाले राष्ट्रिय सभा पनि सञ्चालन गर्नुपर्ने र प्रतिनिधि सभा पनि फागुन २१ गतेपछि सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए।

नयाँ संसद् भवन छिटोभन्दा छिटो सञ्चालन गर्न नसके धेरै असर पर्ने स्थिति रहेको उनको भनाइ थियो। पुस १६ गतेसम्म सबै काम गरिसक्ने निर्माण कम्पनीले भने पनि त्यो स्थिति पूरा हुन गाह्रो रहेको बताए।

उनले हरेक दिनको सेड्युल बनाएर काम गर्न निर्देशन दिए। दुई चरणमा काम गरी समयमै काम सम्पन्न गर्न निर्देशन दिए। दुई दिनभित्र सेड्युल पेश गर्न र त्यहीअनुसार काम गर्न उनले निर्देशन दिए।

निर्माण कम्पनीले चाहेको खण्डमा समयमै काम सकिने उनले बताए। समयमै काम सम्पन्न नभए कारबाहीस्वरुप जरिवाना तिराउने चेतावनी पनि उनले दिए।

तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’