- दुर्गा प्रसाईंले सरकारी वार्ताको तयारीको स्वागत गर्दै सरकारको जिम्मेवार कदमलाई सकारात्मक मूल्यांकन गरेका छन्।
- उनले वार्ता औपचारिक नहुने भन्दै राष्ट्र र नागरिकको हितमा ठोस समाधानको अपेक्षा जनाएका छन्।
- गृहमन्त्रालयले जायज माग सम्बोधन गर्न वार्ता र संवादमार्फत समाधान खोज्न आग्रह गरेको बताइएको छ।
काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारले वार्ताका लागि देखाएको तयारीको स्वागत गरेका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रसाईंले भनेका छन्, “सरकारले यदि हामीलाई आधिकारिक रूपमा वार्ताका लागि बोलाएको हो भने, हामी यसको स्वागत गर्दछौँ। ओली सरकारले कहिल्यै देखाउन नसकेको जिम्मेवारी अहिलेको सरकारले देखाएको छ भन्ने हाम्रो मूल्यांकन छ।’
उनले जनताको आवाज सुन्ने सरकारको यो कदम सकारात्मक भएको टिप्पणी गरेका छन्। प्रसाईंका अनुसार, ओली सरकारले देखाउन नसकेको जिम्मेवारी अहिलेको सरकारले देखाएको छ।
तर उनले वार्ताको औपचारिकता मात्र होइन, राष्ट्र र नागरिकको हितमा ठोस र परिणाममुखी समाधान अब देशले अपेक्षा गरेको पनि स्पष्ट पारेका छन्।
“वार्ता गर्न बोलाउँदैमा मात्रै होइन- राष्ट्र र नागरिक जोगाउने परिणामसहितको समाधान अब देशले चाहेको छ,” प्रसाईंको भनाइ छ
सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति तथा समूहका नाममा धर्ना, जुलुस, विरोध प्रदर्शनलगायत आन्दोलनका कार्यक्रमहरू सार्वजनिक भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै गृह मन्त्रालयले वार्ता र संवादबाट समाधान खोज्न आग्रह गरेको छ।
मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै जायज माग, चासो एवम् सरोकारलाई सम्बोधन गर्न सरकार गम्भीर रहेको बताएको हो।

भर्खरै
लोकप्रिय






































































































































































































