विश्वकप लिग-२: अमेरिकासँग पहिलो खेलमा टस जितेर नेपालले रोज्यो फिल्डिङ

विश्वकप लिग-२: अमेरिकासँग पहिलो खेलमा टस जितेर नेपालले रोज्यो फिल्डिङ
+
-
देशसञ्चार AI सारांश
  • नेपालले अमेरिकासँग टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ, पहिलो खेल दुबईमा सुरु हुँदैछ।
  • नेपाललाई सीरीज जित्न दबाब छ, किनकि लिग–२ तालिकामा युएईभन्दा मात्र अगाडि रहेको छ।
  • नेपालले अमेरिकी टोलीलाई हराउने लक्ष्य राख्दै आत्मविश्वासका साथ खेलमा उत्रन लागेको छ।

विश्वकप लिग–२ अन्तर्गत सुरु हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले अमेरिकासँग टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। युएईको दुबइ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल सुरु हुँदैछ, जहाँ अमेरिका केही बेरमा ब्याटिङका लागि मैदान उत्रिनेछ।

नेपालका कप्तान रोहित पौडेलले टस जितेका थिए। नेपालले लिग–२ को चौथो चरण पूरा गर्दा अंक तालिकामा युएईभन्दा मात्र अगाडि रहेकोले यो सिरिज जित्नै पर्ने दबाबपूर्ण स्थिति रहेको छ। नेपाल यस सिरिजमा आत्मविश्वासी हुँदै अमेरिकालाई हराएर सुखद सुरुवात गर्ने लक्ष्यमा छ।

टी–२० विश्वकप छनोटमा च्याम्पियन बनेर आत्मविश्वासी बनेको नेपाल करिब पाँच महिनापछि एकदिवसीय खेलमा मैदानमा उत्रिएपछि सबैको ध्यान आकर्षित भएको छ।

नेपालले लिग–२ अन्तर्गत गत जुनमा नेदरल्यान्ड्सविरुद्ध अन्तिम एकदिवसीय खेल खेलेको थियो। चार चरणको लिग–२ मा नेपालले १६ खेल खेल्दै १२ अंकसहित सातौँ स्थानमा छ। अमेरिकाले भने जारी सिरिजमा २० खेलमा २८ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ र नेपालविरुद्ध जित निकाल्दै शीर्ष स्थानमा पुग्ने प्रयास गर्नेछ।

यी दुई टोलीबीच एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्म ९ खेल भएका छन्, जसमा दुवै टोलीले समान ३–३ खेल आफ्नो पक्षमा पारेका छन्, एक खेल भने बिना नतिजा टुंगिएको छ।

नेपालको प्लेइङ ११:
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, दिपेन्द्रसिंह ऐरी, भीम सार्की, गुल्शन झा, आरिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’