काठमाडौँ– श्रम तथा रोजगार मन्त्री नियुक्त हुन लागेका खगेन्द्र सुनार विवादित व्यक्ति भएको सार्वजनिक भएपछि उनीमाथि पुनर्विचार हुने भएको छ।
आइतबार दिउँसो सुनारसहित चार जनालाई मन्त्री नियुक्त गरेर शपथ गराउने तयारी भए पनि अन्तिम समयमा पुनर्विचार हुन लागेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ। शपथका लागि तोकिएको २:३० को समयभन्दा केहीअगाडि प्रधानमन्त्री कार्की केही मन्त्रीहरूसँग बालुवाटारमा छलफलमा रहेको स्रोतले जानकारी दिएको छ।
‘उहाँका बारेमा विवादित कुराहरू सार्वजनिक भएपछि प्रधानमन्त्रीज्यू सल्लाह गर्दै हुनुहुन्छ। नियुक्तिको विषयमा पुनर्विचार हुन्छ कि?’ स्रोतले भन्यो।
दिउँसो २ः३० बजे शपथ ग्रहण लिन लागेका दैलेखका सुनारविरुद्ध तीनवटा अदालतमा मुद्दा विचाराधीन रहेको तथ्य सार्वजनिक भएको छ। त्यस्तै उनीमाथि वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको आरोप पनि लागेको छ।

भर्खरै
लोकप्रिय






































































































































































































