काठमाडौँ – नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन्।
राष्ट्रपति भवन शितलनिवासमा आइतबार आयोजित एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सुधा शर्मा र बब्लु गुप्ताले मन्त्री पदको शपथ लिएका हुन्।
शर्माले स्वास्थ्य तथा जनसंख्या र गुप्ताले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन्।
शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्याधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, नेपाल सरकारका मन्त्रीलगायत उच्चपदस्थ व्यक्तिहरूको सहभागिता थियो।


भर्खरै
लोकप्रिय






































































































































































































