तिलिचोमा फोरजी पुग्दा काठमाडौँमै छैन नेपाल टेलिकमको भरपर्दो उपस्थिति

तिलिचोमा फोरजी पुग्दा काठमाडौँमै छैन नेपाल टेलिकमको भरपर्दो उपस्थिति
+
-
देशसञ्चार AI सारांश
  • जगदिश खरेल सञ्चार मन्त्री बनेपछि दुर्गम क्षेत्रका लागि नेपाल टेलिकमको फोरजी सेवा विस्तार गरिएको छ।
  • काठमाडौँको शंखरापुर नगरपालिका क्षेत्रमा भने अधिकांश ठाउँमा नेपाल टेलिकमको सेवामा समस्या आएको स्थानीयको गुनासो छ।
  • शिक्षक गोविन्द आचार्यले टेलिकमको सुविधा सुधारका लागि ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको बताउँछन्।

काठमाडौँ – नेपाल टेलिकमले देशका दुरदराजमा फोरजी सेवा विस्तार गरेको बताइरहेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा जगदिश खरेल आएपछि घोषित रुपमै दुर्गम भेगमा नेपाल टेलिकमको गुणस्तरीय सुविधा सुरु गरेको बताइ रहेका छन्।

खरेल मन्त्रीमा नियुक्त भएपछि मनाङ्को तिलिचोमा समेत नेपाल टेलिकमको फोरजी प्रविधि युक्त भ्वाइस र डाटा सेवा सुरु भएको छ।

शनिबार रासससँग मन्त्री खरेलले भनेका थिए, ‘सरकारले दुर्गम क्षेत्रमा भ्वाइस र डाटा पु¥याउने लक्ष्य लिएको छ, सोहीअनुरूप पछिल्लो समय दार्चुला, बझाङ, जाजरकोट, मनाङको तिलिचोलगायत क्षेत्रमा फोरजी सेवा सञ्चालनमा आएको छ । यो सेवाले स्थानीय र पर्यटकलाई सहयोग पुग्ने छ । टेलिफोन र इन्टरनेट नपुगेका देशका दुर्गम क्षेत्रमा सेवा विस्तारका लागि लागिपरेका छौँ।’

तर राजधानी काठमाडौँभित्रै भने नेपाल टेलिकमको सुविधा ‘आकाशको फल आँखा तरी मर’ भने जस्तो भइरहेको छ। काठमाडौँको शंखरापुर नगरपालिकाको १, २ र ३ वडाका अधिकांश क्षेत्रमा टेलिकमको टावरले काम नगरेको जनप्रतिनिधि तथा स्थानीय बासिन्दा गुनासो गर्छन्।

शंखरापुर ३ का व्यवसायी हरि खतिवडा काठमाडौँ नै भने पनि आफूहरुले कहिल्यै गुणस्तरीय सेवा नपाएको बताउँछन्। उनले भने, ‘यतातिर कहिल्यै पनि एकपटकमा फोन लाग्दैन। पटक पटक डायल गरेपछि बल्ल सम्पर्क हुन्छ। सम्पर्क भए पनि प्रष्ट बुझिने गरी कुरा गर्न पाइँदैन।’

जहरसिंहपौवा बजारको सीसित क्षेत्रमा फोनले काम गरे पनि पर्यटकीय क्षेत्रसमेत रहेका काउले, चौकी भञ्ज्याङ, कात्तिके भेगमा भने समस्या हुने गरेको छ।

त्यस्तै शंखरापुरको १ नम्बर वडाको केही ठाउँमा नेपाल टेलिकमले काम गरे पनि अधिकांश ठाउँमा भने समस्या रहेको वडा अध्यक्ष बाबुराम दंगालले बताए। ‘टेलिकमको टावर हाम्रो वडामै छ। तर काम गरेको छैन, उनले अगाडि भने, ‘एक नम्बर वडाको केराबारी, छाप, देउराली, पञ्चपाले जस्ता गाउँमा टावरले काम नगरेको गुनासो आइरहन्छ।’

शिक्षक गोविन्द आचार्यले गुणस्तर सुधारका लागि ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको बताए। उनले भने, ‘काठमाडौँ नै भए पनि हामी नेपाल टेलिकमको सुविधाबाट बञ्चित छौँ। फोन र डाटा प्रयोग गर्न अझै पनि डाँडा खोज्दै हिड्नुपर्ने बाध्यता छ। सम्बन्धित निकायलाई भने पनि सुनुवाइ भएको छैन।’

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’