काठमाडौँ – कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले सोमबार चियापान कार्यक्रम आयोजना गरेको छ।
तरुण दलको ७३औँ स्थापना दिवसको अवसरमा पार्टी कार्यालय सानेपामा शुभकामना आदानप्रसादन तथा चियापान कार्यक्रम आयोजना गरिएको हो।
कांग्रेसले प्रत्येक वर्ष चाडपर्वको अवसरमा गोजागत पूर्णिमा दिन चियापान कार्यक्रम गर्ने गरेकोमा यो वर्ष जेनजी आन्दोलनका कारण गरेन।
सोमबार तरुण दलले आयोजना गरेको कार्यक्रममा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई प्रमुख अतिथि बनाइएको छ। उनले कार्यवाहक सभापतिको जिम्मेवारी पाएपछि पहिलोपटक पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन लागेका हुन्।
तरुण दलले कार्यक्रमका लागि तयार पारेको ब्यानरमा सभापति शेरबहादुर देउवाको फोटो राखेको छैन।

भर्खरै
लोकप्रिय






































































































































































































