काठमाडौँ – नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्माले पदभार ग्रहण गरेकी छन्।
मन्त्री शर्माले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी हुन्।
पदभार ग्रहण गर्दै उनले जेन–जी आन्दोलनका घाइते तथा प्रभावितको लागि निःशुल्क मनोसामाजिम परामर्शको व्यवस्था गर्ने निर्णय गरेकी छन्।
विज्ञहरुको सुझावको आधारमा मनोसामाजिक परामर्श कसरी दिने भन्नेबारे छलफल गरेर कार्य अगाडि बढाउने उनको भनाइ छ।
उनले भने, ‘जेन–जी आन्दोलनबाट प्रभावित सबै व्यक्तिहरुको लागि मनोसामाजिक परामर्श सेवाको व्यवस्थापन गर्ने पहिलो निर्णय भएको छ। यसको डिटेल हाम्रो विज्ञहरुबाट वर्कआउट हुन्छ।’
यस्तै, उनले मन्त्रालयभित्र आर्थिक र प्रशासनिक पारदर्शिता कायम राख्न कर्मचारीहरुलाई निर्देशन दिइन्। कर्मचारीहरुसँगको छलफलमा बोल्दै मन्त्री शर्माले कुनै पनि तहबाट आर्थिक अनियमितता एवं भ्रष्टाचार नगर्न उनले चेतावनी दिइन्।

भर्खरै
लोकप्रिय






































































































































































































