डीआईजीमा बढुवा गर्न पाँच जना एसएसपीको नाम सिफारिस, पहिलो नम्बरका अधिकारी छुटे

डीआईजीमा बढुवा गर्न पाँच जना एसएसपीको नाम सिफारिस, पहिलो नम्बरका अधिकारी छुटे
+
-
देशसञ्चार AI सारांश
  • गृह मन्त्रालयले ५ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्नको लागि सिफारिस गरेको छ।
  • सिफारिसमा भूपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले परेका छन्।
  • पहिलो नम्बरमा रहेका विश्व अधिकारीको बढुवा जेनजी आन्दोलनमा भूमिका खेल्ने आरोप पछि रोकिन पुगेको छ।

काठमाडौं : गृह मन्त्रालयले प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न पाँच जनाको नाम सिफारिस गरेको छ।

मन्त्रालयको बढुवा समितिको सचिवालयले पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट डीआईजीमा बढुवा गर्न पाँच जनाको नाम सिफारिस गरेको हो।

सूचनामा भनिएको छ,ʻनेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ प्रहरी नायव महानिरीक्षक पद संख्या ५ (पाँच)मा बढुवा गर्न मिति २०८२।०७।०९ गते बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार देहाय बमोजिमको जनपद प्रहरी समूहतर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई सोही समूहतर्फको प्रहरी नायव महानिरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम २७ को उप–नियम (४) अनुसार सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ।ʼ

बढुवा समितिले भूपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल र अविनारायण काफ्लेलाई डिआइजी बढुवामा सिफारिस गरेको हो।

पाँच जना डिआइजीमा सिफारिस हुँदा पहिलो नम्बरमा भएका विश्व अधिकारी छुटेका छन्। काठमाडौँ प्रहरी प्रमुख रहेका अधिकारीलाई जेनजी आन्दोलन दमन गर्न भूमिका खेलको भन्दै उनलाई बढुवामा रोकिएको स्रोतको दाबी छ। जेनजी आन्दोलनका क्रममा भदौ २३ गते एकै दिन काठमाडौँ १९ जना युवाको प्रहरी दमनका कारण मृत्यु भएको थियो। उनी चैत १५ गते आन्दोलन हुँदा पनि काठमाडौँ परिसरका प्रमुख थिए।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’