पोखराको चार स्थानमा छठपूजा गरिँदै

पोखराको चार स्थानमा छठपूजा गरिँदै
+
-
देशसञ्चार AI सारांश
  • पोखरामा चार प्रमुख स्थानमा छठपूजा गर्ने व्यवस्था गरिएकाले श्रद्धालुहरूले सजिलोसँग छठपर्व मनाउँछन्।
  • पोखरा पूजास्थलहरू विशेष रूपमा सजाइएको र श्रद्धालुहरूका लागि फूलमाला, रङ्गीन बत्ती, र टेन्टको व्यवस्था छ।
  • विगत वर्षहरू जस्तै पोखरामा बस्ने मधेशी समुदायले धूमधामसाथ छठपर्व मनाइरहेका छन्।

कास्की- पर्यटकीय राजधानी पोखरामासमेत छठपर्व धुमधामका साथ मनाउने तयारी गरिएको छ । सूर्य भगवानको उपासना गरिने यस पर्वमा नेपालको तराई तथा मधेशी समुदायका श्रद्धालुहरुका लागि पोखरामै चार प्रमुख स्थानमा छठपूजा गर्ने व्यवस्था गरिएको हो ।

पेसा र व्यवसायका कारण पोखरामै बसोबास गरिरहेका तराई–मधेशका समुदायका श्रद्धालुहरूले पछिल्ला वर्षमा पोखरामै छठपर्व मनाउँदै आएका छन् ।

पोखराको केदारेश्वर महादेवमणि मन्दिर परिसर (फेवाताल किनार), नारायणस्थान मन्दिर, सेतीगण्डकी र कालीखोलाको सङ्गमस्थल र कमलपोखरीलाई पूजाका लागि विशेष रूपमा सजाइएको र वरपर सरसफाइ गरिएको नारायणस्थान मन्दिर पूजा समितिका उपाध्यक्ष विनोद गुप्ताले जानकारी दिए।

चारवटै स्थानमा पूजा समिति गठन गरी सामूहिक पूजाको प्रबन्ध गरिएको छ । पोखरामै छठपर्व मनाउने भक्तहरूका लागि सहज वातावरण सिर्जना गर्न समिति सरसफाइदेखि आन्तरिक व्यवस्थापनसम्ममा जुटेका हुन् ।

उनले भने,“हामीले विगतदेखिनै पोखरामा छठ पूजाका लागि व्यवस्था गर्दै आएका छन् । पूजाका लागि आफ्नो घर जान असमर्थ भएका र यहीँ बसेर पूजा गर्नुपर्ने बाध्यता भएकाहरुलाई सहज भएको छ । पोखरामा हामीले धूमधामका साथ यसवर्ष पनि छठ मनाउने छौँ ।”

छठ पूजामा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने र मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरिनेछ । पूजा स्थलहरूमा फूलमाला, रङ्गीन बत्ती र टेन्ट जडान गरी श्रद्धालुका लागि बस्ने व्यवस्था मिलाइएको उपाध्यक्ष गुप्ताले बताए।

भद्रकाली छठपूजा समितिका अध्यक्ष तारानन्द शर्माका अनुसार भक्तजनहरूले पञ्चमीका दिन व्रत बस्ने (खड्ना) र राति पूजा गर्ने परम्परा रहेको छ ।

केराको खम्बा, भोगटे, सुन्तला, उखु, अदुवा, लगायतका फलफूलका बोटहरूबाट मण्डप सजाइने र सूर्यदेवलाई भगवानको रूपमा पूजा गरेर मनोकामना पूर्ति हुने विश्वासका साथ वर्त बस्नै गरिएको उनले बताए।

पोखरामा १० हजारको हाराहारीमा नागरिकले छठपर्व मनाउने गरेको बताइन्छ । पछिल्लो समय तराईसहित पहाडी समुदायमासमेत छठ मनाउने प्रचलन बढेको पाइन्छ ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’