छठ पर्वः धर्मसँगै स्थानीय अर्थतन्त्र बलियो बनाउने परम्परा

छठ पर्वः धर्मसँगै स्थानीय अर्थतन्त्र बलियो बनाउने परम्परा
+
-
देशसञ्चार AI सारांश
  • छठ पर्वमा स्थानीय उत्पादनको प्रयोगले अर्थतन्त्रलाई प्रोत्साहन गर्दै आर्थिक र सामाजिक निर्भरतालाई अझ सशक्त बनाउँछ।
  • संस्कृतिविद तथा अर्थशास्त्रीहरुले मिथिलामा मनाइने पर्वहरुले आत्मनिर्भरता र स्थानीय उत्पादनलाई समर्थन गर्ने बताउँछन्।
  • छठको चोखोपनाले यसलाई अन्य पर्वहरुभन्दा विशेष बनाउँदै, धनी र गरिब सबैलाई सहभागी गराउँछ।

जनकपुरधाम- मिथिलाञ्चल क्षेत्रको सबैभन्दा ठूलो पर्वको रुपमा रहेको छठ पर्व आज मनाइँदै छ । धार्मिक रुपले सबैभन्दा ठूलो पर्वको रुपमा रहेको छठ पर्व आर्थिक दृष्टिकोणले समेत महत्वपूर्ण रहेको छ । छठ पर्वमा स्थानीय स्तरमा उत्पादन भएको बस्तुको प्रयोग हुने गरेकाले यसले समग्र अर्थतन्त्र र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने गरेको छ ।

संस्कृतिविद तथा अर्थशास्त्रीहरुले मिथिला क्षेत्रमा मनाइने अधिकांश पर्व स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने गरेको बताउँछन् । छठ पर्वमा स्थानीय स्तरमा उत्पादन भएको कृषि सामग्रीको प्रयोग हुने गरेको छ । छठमा माटोको भाँडो, बाँसको सामग्रीहरु नै प्रयोग हुने गरेकाले यसले स्थानीय उत्पादनलाई प्रोत्साहन र बाजारीकरणमा समेत टेवा पुर्याउने गरेको हो ।

अर्थशास्त्री डा. भोगेन्द्र झाले अहिलेसम्म हामीले पर्वलाई धर्म, अध्यात्मसँग मात्र जोड्ने गरिएको बताए । उनले भने, ‘हाम्रो पूर्वज एकदम सतर्क थिए । अहिले नेशन फस्र्टको नारा मोदी जी, कुनै ट्रम दिन्छन भने हामी आत्मसात गर्छौ र भन्छौँ उनीहरु महान छन् तर साँचीके भन्ने हो भने अर्थशास्त्रको आत्मनिर्भरर्ताको सुत्रधार हाम्रा पूर्वजहरु थिए ।’

अर्थशास्त्री झाले मिथिलाञ्चल क्षेत्रमा मनाइने हरेक पर्व खास गरेर छठ पर्व प्रकृतिसँग जोडिएको पर्व रहेको बताए । उनले भने, ‘यहाँका समाजका वर्ण व्यवस्था हो, यसलाई वेदसँग ब्राह्मणसँग जोडिन्छ तर त्यो अलपज्ञता हो । वेदको रचैता कुनै ब्राह्मण होइनन् । उनी क्षेत्री थिए । तर डिभिजन अफ लेवरलाई हामीले एडम स्मीथको धारणा हो भन्छौँ । तर हाम्रा पूर्वज ब्राह्मण, क्षेत्रीय, वैश्य र सुद्र कर्मको आधारमा विभाजन भएको थियो । हाम्रो समाजका सबै वर्गले छठ पर्वमा रोजगारी पाउँछन् ।’

झाले छठ पर्वमा कुनै पनि आयातित वस्तुको प्रयोग नहुने गरेको बताए । उनले छठमा प्रयोग हुने चामल, उखुँ, सख्खर, तेल, बाँसको समग्री, माटोको भाँडोलगायतको वस्तु प्रयोग हुने गरेकोमा यो सबै आन्तरिक उत्पादन रहेको बताए । झाले छठ पर्वले सामाजिक उन्ययन र आर्थिक निर्भर समाजको सन्देश समेत दिने गरेको बताए ।

संस्कृतिविद एवं मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडीले छठमा चढाईने वस्तुको शुद्धता नै यस पर्वलाई अन्य पर्वभन्दा फरक तुल्याएको बताउँछन् । यस पर्वमा सामान्य रुपमा नभै पूर्ण चोखोपनाले सतर्कतापूर्वक चामल, गहुँलाई केलाएर, धोएर, सुखाएर, पिघेर राखिने गरेको र यो चोखोपनाको विशिष्ट पक्षनै यस पर्वलाई अन्य पर्व भन्दा फरक बनाएको कापडीले भने ।

कापडिले छठ पर्वमा प्रयोग हुने सामग्री खेतीबारीमा उत्पादन हुने बस्तुमा आधारित रहेको बताउँदै यसका कारण धनी देखि लिएर गरिबसम्मले सहजै यो पर्व गर्न सक्ने अवस्थामा रहेको बताए । उनले अन्य धार्मिक अनुष्ठान जस्तो बढी आर्थिक भार उठाउनुपर्ने अवस्था नभएको बताउँछन् ।

‘सबैजनाले गहुको पिठोबाट ठकुवा, चामलको पिठोबाट भुसबा, केरा मुख्य प्रसादको रुपमा चढछ । यसहा कुनै अतिरिक्त देखावटी हुँदैन् । जसकारण एउटा प्रत्यक्ष देवताको सबैजनाले समान रुपमा आराधना गर्नु हाम्रा पुर्खाहरुको दीर्घ साँेचप्रति कृतज्ञता हुनै पर्छ’, उनले भने ।

शनिबारदेखि सुरु भएको छठ पर्व अन्तर्गत आज तेस्रो दिन अस्ताउँदै सूर्यलाई अर्घ दिइन्छ भने भने भोली उदाउँदै गरेको सूर्यलार्य अर्घ दिएपछि पर्व सम्पन्न हुन्छ ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’