काठमाडौँ – नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको नियमित महाधिवेशन हुने बताएका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित नेपाल तरुण दलको ७३ औँ स्थापना दिवसको अवसर पारेर आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गरिरहेको उल्लेख गर्दै उनले नियमित महाधिवेशनमार्फत नै सो समस्याको समाधान हुने तर्कसमेत गरे।
कार्यवाहक सभापति खड्काले पार्टीको चालु केन्द्रीय कार्य समिति बैठकले मुलुकलाई निकास दिने गरी पार्टीको विधानअनुसार सबै निर्णयहरु लिने दाबीसमेत गरे।
पार्टीभित्रको एकतामा जोड दिँदै उनले कांग्रेसले विगतमा जस्तै मुलुकलाई अघि बढाउन मियोको रुपमा भूमिका खेल्ने गरी आवश्यक निर्णय लिने पनि बताए।

भर्खरै
लोकप्रिय






































































































































































































