काठमाडौँ- साइबर अपराधको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले अधिवक्ता स्वागत नेपालसँग करिब ६ घण्टा लामो बयान लिएको छ।
अधिवक्ता नेपाल आइतबार भोटाहिटीस्थित ब्यूरोको कार्यालयमा बयानका लागि पुगेका थिए।
नेपालसँग करिब ६ घन्टासम्म बयान लिइएको ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले बताए।
एसपी अवस्थीका अनुसार अधिवक्ता नेपालमाथि मंगलबार थप सोधपुछ हुनेछ।
अधिवक्ता नेपालले प्रधानमन्त्री सुशीला कार्कीको आलोचना गर्दा आफूमाथि साइबर मुद्दा लगाइएको बताएका छन्।

भर्खरै
लोकप्रिय






































































































































































































